6 years ago
October 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले समय समयमा कठिन लाग्ने खेल पनि आफ्नो पक्षमा पारेका उदाहरण छन् । हारको मुखबाट जित निकालेका खेलको पनि लामो सुचि बनिसकेको छ ।
नेपाली टोलीले त्यस्तै कमाल फेरि एकपटक गरेको छ । टोलीको जितमा करण केसी नायक बने ।ओमानमा जारी पाँच देश सम्मिलित टि ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सोमबार नेदरल्यान्ड्समाथि ४ विकेट जित निकालेको छ । टि ट्वान्टीमा नेदरल्यान्ड्माथि यो पहिलो जित हो । देश भित्र र बाहिर रहेका नेपाली दशै मनाउने क्रममा रहँदा नेपाली क्रिकेट टोलीले अर्को खुसी दिएका छ ।
१ सय ३४ रनको लक्ष्य पछ्याएको नेपालले १९.५ ओरमा ६ विकेट गुमाउँदै महत्वपुर्ण जित निकालेको हो । विस्फोटिक ब्याटिङ गरेका करणले १४ बलमा तीन छक्का र १ चौकाको मद्दतमा अविजित ३१ रन बनाए । कप्तान पारस खड्काले टोलीका लािग सर्वाधिक ३३ रन बनाए भने अघिल्लो दिन अर्धशतक पुरा गरेका विनोद भण्डारीले २६ रन जोडे । नेदरल्यान्ड्सका लागि भान डेर मर्वीले २ विकेट लिए ।
अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रनको आवश्यकता थियो । करणले त्यहि आफ्नो कमाल देखाए । उनलाई सोमपाल कामीले साथ दिए रहेका थिए । करणले पहिलो बलमा छक्का प्रहार गरे । दोस्रो बलमा रन जाड्न सकेनन् । तेस्रो बलमा ४ रन लिएका करणले चाथौ बलमा छक्का प्रहार गर्दै स्कोललाई बराबरी बनाए । पाँचौं बलमा १ रन जोड्दै उनले नेपाललाई सानदार जित दिलाए ।
नेपालले पहिलो विकेटका लागि पवन सर्राफ र पारसले २५ रनको साझेदारी गरेका थिए । पवन ९ रनमा आउट भए । त्यसपछि आरिफ शेखपनि लामो समय टिक्न सकेनन् । उनको ब्याटबाट मात्र २ रन निस्कियो । त्यतिबेला नेपालको खातामा २ विकेटको क्षतिमा २९ रन थियो । त्यसपछि आएका उप कप्तान दीपेन्द्र सिंह ऐरी ८ रनमा आउट भए ।
पारसले टोलीका ३३ रन जोडे । पारस आउट हुँदा नेपाल ७४/४ को अवस्थामा थियो । त्यस पछि क्रिस सम्हाल्न पुगेका रोहित कुमार पौडेल पनि धेरै टिक्न सकेनन् । उनल ५ रनमा आउट भए । अघिल्लो दिन अर्धशतक बनाएका विनोद भण्डारीले दुई पटक जीवनदान पाए । २६ रन जोड्दा उनी पनि आउट भए ।
त्यसअघि नेपालले टस जितेर नेदरल्यान्ड्सलाई ब्याटिङको लागि निम्तो दियो । नेदरल्यान्ड्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो । टोलीका लागि प्याट्रिक ओडिडले सर्वाधिक ४३, कोलिन एकेर्मानले २९ र एन्टोनिउस स्कलले २१ रन जोडे । नेपालका लागि सन्दीप लामिछानले ४ विकेटल लिए ।
ब्याटिङमा चम्कनु अघि करणले ४ विकेट लिए भने ललित नारायण राजवंशीले १ विकेट लिए । सिरिजमा नेपालले लगातार दुई खेलमा दुई जित निकालेको छ । आइतबार नेपालले हङकङलाई ४ विकेटले हराएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]