default_image

6 years ago

October 30, 2019

श्रीलंकाविरुद्ध अर्को विशाल जितको खोजमा अष्ट्रेलिया

176 views

0 Bookmark

विविध सुवेदी (ब्रिसबेन)

घरेलु टोली अष्ट्रेलिया ३ खेलको टि-२० सिरिजको दोस्रो खेलमा आज ब्रिसबेनस्थित गाबा मैदानमा श्रीलंकाविरुद्ध भिड्दै छ । पहिलो खेलमा १ सय ३४ रनको विशाल जित हांसिल गर्न सफल घरेलु टोली यस खेलमा पनि उस्तै नतिजा निकाल्दै सिरिज कब्जा गर्ने दाउमा हुनेछ । खेल नेपाली समयअनुसार दिउंसोको १.५५ बजे सुरु हुने छ ।

पहिलो खेलमा अष्ट्रेलियाले ब्याटिङ र बलिङ दुबै विभागमा उत्कृष्ट प्रभाव पार्न सफल भएको थियो । पहिले ब्याटिङको निम्तो पाउंदै अष्ट्रेलियाले २ सय ३३ रनको लक्ष्य दिएको थियो जुन टि-२० अन्तराष्ट्रिय इतिहासमै १७ औं ठुलो योगफल थियो । यस अघि सन् २०१६ मा अष्ट्रेलियाले श्रीलंका विरुद्ध नै २ सय ६३ रनको योगफल तयार पारेको थियो जुन घरेलु टोलीको टि-२० अन्तराष्ट्रियमा सबैभन्दा ठूलो योगफल पनि हो ।

श्रीलंकाविरुद्ध इतिहास र लय दुवै अष्ट्रेलियाको पक्षमा रहेको छ । १ वर्ष प्रतिबन्ध पछि फर्किएका डेविड वार्नरले गत खेलमा शतक प्रहार गरेका थिए । त्यस्तै उनका सहकर्मी आरोन फिन्च पनि उत्कृष्ट लयमा देखिएका थिए । श्रीलंकाले केही गरि दुवै वार्नर र फिन्चलाई रोक्न सके पनि टि-२० का विष्फोटक मध्येका मानिने ग्लेन म्याक्सवेल र विश्व क्रिकेटका उत्कृष्ट मध्येका ब्याट्सम्यान स्टिभ स्मिथको सामना पनि गर्नु पर्ने हुन्छ । स्मिथ पनि प्रतिबन्ध पछि फर्किएका हुन् र आफूलाई प्रमाणित गर्न आतुर हुने छन् ।

बलिङतर्फ भने अष्ट्रेलियाले एउटा परिवर्तन गर्ने पक्का रहेको छ । स्टार बलर मिचेल स्टार्क पारिवारिक कारणले यस खेलमा उपलब्ध छैनन् । उनको अनुपस्थितिमा भ्रमणकारी टोलीलाई केही राहत भने मिल्ने पक्का छ । स्टार्कको स्थान बिली स्टान्लेक अथवा सिन आबोटले लिने देखिन्छ । यस खेलमा अष्ट्रेलियाका प्याट कमिन्सले टोलीको बलिङको महत्त्वपूर्ण जिम्मेवारी लिने छन् । उनले पहिलो खेलमा उनले २ विकेट लिएका थिए ।

अर्कोतर्फ, श्रीलंका भने लज्जास्पद हारबाट फर्किंदै सिरिज जीवित राख्ने प्रयासमा हुने छ । गत महिना न्युजिल्यान्ड विरुद्धको टि-२० सिरिज २-१ को हारपश्चात पाकिस्तानविरुद्धको सिरिजमा श्रीलंका उत्कृष्ट पुनरागमन गर्न सफल भएको थियो । पाकिस्तान टि-२० तर्फको शीर्ष वरियताको टोली पनि हो । त्यस सिरिजमा ओपनर दनुस्का गुनतिलिकले उत्कृष्ट प्रदर्शन गरेका थिए र आज जितको आशाका लागि उनको ब्याटिङ योगदान महत्त्वपूर्ण रहनेछ ।

पछिल्लो खेलमा ४ ओभरमा ७५ रन खर्चिएका रजिथको स्थानमा श्रीलंकाले इसुरु उडान ल्याउने सम्भावना रहेको छ । त्यस्तै खराब लयमा रहेका कुसल परेराको स्थान निरोशन डिकवेलले लिने देखिन्छ ।

लय

अष्ट्रेलिया: जित, हार, जित, जित, जित

श्रीलंका: जित, जित, जित, जित, हार

अष्ट्रेलिया विरुद्ध श्रीलंका: पछिल्ला ५ खेल

६ नोभम्बर २०१६: अष्ट्रेलिया ८५ रनले विजयी

९ नोभेम्बर २०१६: अष्ट्रेलिया ४ विकेटले विजयी

२७ अक्टोबर २०१९: अष्ट्रेलिया १ सय ३३ रनले विजयी

खेल तथ्यांक

श्रीलंकाले अष्ट्रेलियामा खेलिया पछिल्ला ३ टि-२० सिरिजमा जित हांसिल गरेको छ ।

मालिङाले कप्तानी गरेको पछिल्ला ८ मध्ये ७ टि-२० खेलमा श्रीलंकाले हार बेहोरेको छ ।अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले पछिल्ला ३ पारीमा ६२, १ सय १३ र ५६ रन बनाएका छन् ।

सम्भावित ११

अष्ट्रेलिया: डेविड वार्नर, आरोन फिन्च, ग्लेन म्याक्सवेल, स्टिभ स्मिथ, एस्टन टर्नर, एलेक्स केरी, एस्टन अगार, प्याट कमिन्स, केन रिचार्डसन, एडम जाम्पा, बिली स्टान्लेक

श्रीलंका: दनुस्का गुनतिलिक, कुसल मेन्डिस, भनुका राजपाक्ष, ओसादा फर्नान्डो, निरोशन डिकवेल, दसुन सनक, वानिन्दु हसरङ, इसुरु उदान, लक्षन सन्डाकन, लसिथ मालिङा

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.