default_image

6 years ago

October 30, 2019

रितको कप्तानीमा यू-१९ टोलीको घोषणा

155 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर ब्याट्सम्यान रित गौतमको कप्तानीमा भारतमा हुने यू-१९ च्यालेन्जर सिरिजमा सहभागिता जनाउने नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

भारतको हैदराबादमा कार्तिक २५ देखि मंसिर १ गतेसम्म चल्ने प्रतियोगितामा भारतको ३ टोलीसँगै नेपालको यू-१९ टोलीले प्रतिस्पर्धा गर्ने भएको हो । भारतको आधिकारिक यू-१९ प्रतियोगिता समेत रहेको यस प्रतियोगितामा भारत रातो, भारत निलो र भारत पहेंलोसँगै नेपालले प्रतिस्पर्धा गर्नेछ । भारतका शीर्ष यू-१९ खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरणमा एक आपससँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् भने तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले कार्तिक २५ गते पहेंलो, २७ गते रातो र २९ गते निलो टोलीसंग खेल्नेछ । फाइनल तथा तेस्रो स्थानको खेल मंसिर  १ गते हुनेछ ।

रितको कप्तानीमा रहेको टोलीमा १६ खेलाडी र ४ वैकल्पिक गरेर २० खेलाडी रहेका छन् । अधिकांश खेलाडीले यसअघि नै यू-१९ टोलीबाट खेलिसकेका छन् । राष्ट्रिय टोलीको अनुभव बोकेका रोहितकुमार पौडेल, सन्दीप जोरा लगायत खेलाडीलाई भने यसमा समेटिएको छैन ।

टोलीको छनोट समितिमा राष्ट्रिय खेलकुद परिषदका चिफ कोच जगत टमाटा, यू-१९ टोलीका प्रशिक्षक विनोद दास र छनोटकर्ता राजु खड्का रहेका छन् । टोली कार्तिक २३ गते हैदरावाद प्रस्थान गर्नेछ ।

नेपाल यू-१९ क्रिकेट टोली :

रित गौतम (कप्तान), लोकेश बहादुर बम, तृतराज दस, विशालविक्रम केसी, खडक बहादुर बोहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेक कुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जिसी, गौतम केसी

वैकल्पिक खेलाडी:

दिपक बोहोरा, दुर्गेश गुप्ता, निखिल कुमार सिंह, सोनु देवकोटा

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.