default_image

6 years ago

October 30, 2019

ज्ञानेन्द्रलाई कप्तानको जिम्मेवारी, दीपेन्द्र उपकप्तान!

222 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्लले पाएका छन्  । नेपाल क्रिकेट संघ (क्यान) ले निवर्तमान उपकप्तान ज्ञानेन्द्रलाई कप्तान तथा युवा अलराउन्डर दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी सुम्पिएको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी दिएको हाम्रो खेलकुदलाई जानकारी दिए । ज्ञानेन्द्र सन् २००९ मा पारस कप्तान बन्दादेखि उपकप्तान थिए । ज्ञानेन्द्रले विभिन्न समयमा पारसको अनुपस्थितिमा नेपाली टोलीको कप्तानी सम्हालिसकेका छन् । मल्लले सन् २०१७ मा टियु क्रिकेट मैदानमा भएको आईसीसी विश्व च्याम्पियन लिगमा केन्यासँग दुवै खेलमा कप्तानी गरेका थिए ।

सन् २०१७ मा भएको एसीसी इमर्जिंङ टिम कपमा ज्ञानेन्द्रले नेपालको कप्तानी सम्हालेका थिए। दुई महिनाअघि आईसीसी टि ट्वान्टी एसिया कप छनोटमा पनि पारस घाइते हुँदा ज्ञानेन्द्रले मलेसियाविरुद्ध कप्तानी गरेका थिए । उक्त खेलमा ज्ञानेन्द्रले कीर्तिमानी अर्धशतक समेत प्रहार गरेका थिए । घरेलु क्रिकेटमा पनि ज्ञानेन्द्रले नियमित रुपमा विभिन्न टोलीको कप्तानी सम्हाल्दै आएका छन् । उनकै कप्तानीमा ललितपुर प्याट्रीयट्सले एभरेस्ट प्रिमियर लिगको गत संस्करणको उपाधि जितेको थियो ।

त्यस्तै दीपेन्द्र पनि सिंगापुर र जिम्बाबेसँगको त्रिकोणात्मक तथा ओमानसँगको टि ट्वान्टी सिरिजमा उप कप्तान बनेका थिए । सन् २०१७ नोभेम्बरमा यू १९ एसिया कपमा भारतलाई १९ रनले हराउँदै पहिलो ऐतिहासिक जित निकाल्दा दीपेन्द्र कप्तान थिए । गत वर्ष दीपेन्द्रले आफ्नो कप्तानीमा धनगढी प्रिमियर लिगको उपाधि सिवाईसी अत्तरियालाई जिताएका थिए ।

सन् २००९ देखी कप्तान पारसले अन्तर्राष्ट्रिय क्रकेट परिषद (आईसीसी) ले तीन वर्ष सम्म लगाएको नेपाल क्रिकेट संघ (क्यान) को निलम्बन फुकुवा भएको २४ घण्टा बित्न नपाउँदै गत असोज २७ मा कप्तानबाट राजिनामा दिएका थिए ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.