6 years ago
October 30, 2019
एजेन्सी – स्कटल्यान्ड अर्को वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपको लागि छनोट भएको छ । वुधबार घरेलु टोली युएईलाई ९० रनले हराउँदै चौथो पटक टि ट्वान्टी विश्वकपमा पुगेको हो । स्कटल्यान्डले यसअघि सन् २००७, २००९ र २०१६ मा टि२० विश्वकप खेलेको थियो ।

१ सय ९९ सयको रनको लक्ष्य पछ्याएको यूएई १८.३ मा अल आउट हुँदै १ सय ८ रनमा समेटिएपछि विश्वकप यात्राबाट बाहिरिएको हो । यूएईका रमिज शहजादले ३४,डी शिल्भाले १९, मोहम्मद उस्मानले २० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । स्क्टल्यान्डका मार्क वाट्ट र शफयान शरिफले समान ३ विकेट लिए ।
त्यस अघि टस जितेर ब्याटिङ थालेको स्कटल्यान्डले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९८ रन बनाएको थियो । ओपनर जर्ज मुन्शेले ४३ बलमा २ चौका र ५ छक्का सहित सर्वाधिक ६५ रनको योगदान दिए । कप्तान काइल कोट्जर ३४,रिची बेरिन्गटन ४८ रन जोडे । रोहन मुस्तफाले २,जुनैद सिद्दीक अहमख राजा र जहुर खानले समान १ विकेट लिए ।

यूएई पहिलो प्ले अफमा नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको थियो । यो सँगै यूएईको विश्वकप खेल्ने सपना समाप्त भएको छ । पप्पुवा न्युगिनी समुह ए र आयरल्यान्ड समुह बी बाट शीर्ष स्थानमा रहँदै विश्वकपमा छनोट भएका थिए ।
नेदरल्यान्ड र नामिवियाले पनि विश्वकपमा स्थान बनाएका छन् । ओमानले आज राती समुह बी को चौथो स्थानमा रहँदै प्ले अफमा पुगेको हङकङसँग प्रतिस्पर्धा गर्ने छ । विजेता टोली विश्वकपमा पुग्ने छ । दोस्रो प्ले अफमा ओमान नामिबियासँग ५४ रनले पराजित भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]