6 years ago
October 30, 2019
विविध सुवेदी (ब्रिसबेन)
अष्ट्रेलिया र श्रीलंका बीचको दोस्रो खेलमा ९ विकेटको फराकिलो जित निकाल्दै ३ खेलको सिरिजमा अष्ट्रेलियाले २-० को अग्रता लिन सफल भएको छ । पहिलो खेल पनि १ सय ३४ रनको फराकिलो अन्तरले जितेको घरेलु टोलीको यस बेला जितमा नायक डेभिड वार्नर र स्टिभेन स्मिथ रहे ।
गत वर्ष ‘बल ट्याम्परिङ’को घटनामा दोषी पाइएका स्टिभ स्मिथ र डेभिड वार्नरलाई क्रिकेट अष्ट्रेलियाले १ वर्षको प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि यस जोडीको यो पहिलो टि-२० तथा घरेलु सिरिज पनि थियो । प्रतिबन्धपछि यो जोडीको अष्ट्रेलियन क्रिकेटमा भविष्य के होला भनेर कतिपय विश्लेषक र समर्थकहरुले चासो राख्दै आएका थिए ।
घरेलु समर्थकको उनीहरुप्रति कस्तो प्रतिक्रिया आउला भन्ने अनुमान लगाउन पनि गाह्रो थियो । ब्रिसबेनस्थित गाबा मैदानमा दुवैले खेलेको उत्कृष्ट पारीले भने उनीहरु माथि उठेका र उठ्न सक्ने कैयौं प्रश्नहरुको उत्तर दिएको मान्न सकिन्छ ।
श्रीलंकाले पहिलो ब्याटिङ गर्दा १९ ओभरमा अल-आउट हुंदै जम्मा १ सय १७ रन जोड्न सक्यो । भ्रमणकारी टोलीका लागि कुशल परेराले २७ रन, दनुस्का गुनथिलकेले २१ रन तथा अभिस्का फर्नान्डोले १७ रन जोड्न सफल भए । त्यसबाहेक कुनै ब्याट्सम्यानले १० रनभन्दा बढि जोड्न सकेनन् । मुख्य बलर मिचेल स्टार्कको अनुपस्थिति बावजुद अष्ट्रेलियाको बलिङ अनुशासित र घातक देखिन्थ्यो ।
स्टार्कको स्थान लिएका बिली स्टान्लेकले कसिलो बलिङ गर्दै स्टार्कको कमी महसुस हुन दिएनन् । त्यस्तै प्याट कमिन्सले बलिङ र फिल्डिङ दुबैमा महत्त्वपूर्ण भुमिका खेल्दै मुख्य समयमा विकेट निकाले । यसैगरी स्पिनरद्वय एडम जाम्पा र एस्टन अगारलाई खेल्न श्रीलंकाली ब्याट्सम्यानलाई हम्मे-हम्मे परिरहेको थियो । स्टान्लेक, कमिन्स, जाम्पा र अगार सबैले २-२ विकेट लिंदा श्रीलंका सस्तैमा समेटियो ।
सानो लक्ष्य पछ्याएको घरेलु टोलीले पहिलो ओभरमा कप्तान आरोन फिन्चलाई शुन्यमा गुमायो । फिन्चलाई कप्तान लासिथ मालिङाले आउट पारेका थिए । पहिलो ओभरमा विकेट लिंदै १ रन मात्र खर्चेका मालिङाको खेल अघि बढ्दै जांदा बल र कप्तानी दुबैमा प्रभाव भने कम हुंदै गएको महसुस भइरहेको थियो – जसको श्रेय स्मिथ र वार्नरलाई नै जान्छ ।
वार्नर ४१ बलको सामना गर्दै ६० रनमा तथा स्मिथ ३६ बल खेल्दै ५३ रनमा अवजित रहे । दुवैको खेलमा संयमता र जिम्मेवारी प्रष्टसंग झकिन्थ्यो जसको आदर समर्थकहरुले छिनछिनमा ताली पिट्दै गरिरहेका थिए । फलस्वरुप, वार्नर र स्मिथको जोडीले टोलीलाई खेल जिताए र घरेलु समर्थकसामु सिरिज सुनिश्चित पारे ।
पहिलो खेलमा शतक प्रहार गरेका वार्नर पुन: ‘म्यान अफ द म्याच’ चुनिए । स्मिथ र वार्नरको १ सय १८ रनको साझेदारी गाबा मैदानको सर्वाधिक ठूलो साझेदारी पनि बन्यो । स्मिथ र वार्नरलाई लिएर खिन्न महसुस गरिरहेका केही समर्थक थिए भने यस पारीले उनीहरुको मन परिवर्तन पक्कै गराएको हुनु पर्छ ।
दुवै खेलमा विशाल जित हात पारेको अष्ट्रेलियाले अब अन्तिम खेल पर्सि मेल्बर्नमा खेल्ने छ । वार्नर, स्मिथ र अन्य अष्ट्रेलियाली खेलाडी घरेलु समर्थकलाई उत्कृष्ट प्रदर्शन दिने सोचमा हुनेछभने श्रीलंका सान्तवना जितको खोजीमा रहने छ ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]