6 years ago
October 31, 2019
एजेन्सी – ओमान आगमी वर्ष अष्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपको लागि छनोट भएको छ । बुधवार राती चौथो प्ले अफमा हङकङलाई १२ रनले हराउँदै दोस्रो पटक टि ट्वान्टी विश्वकप छनोटमा पुगेको हो । यसअघि ओमान सन् २०१६ मा टि ट्वान्टी विश्वकप खेलेको थियो ।

जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको हङकङ निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २२ रन मात्र बनाउन सक्यो । हङकङका विकेटकीपर स्कर्ट म्याक्केचनिले ४६ बलमा ५ चौका सहित ४४ र हारुन अशरदले २० रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओमानलाई विश्वकपमा पुर्याउन बिलाल खानले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । फयाज बट र खवर अलीले समान २ तथा मोहम्मद नदीमले १ विकेट हात पारे ।
त्यस अघि टस जितेर ब्याटिङ थालेको ओमानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । ओमानका जतिन्दर सिंहले ५० बलमा ७ चौका सहित १ छक्का सहित ६७ रन जोडे । अमिर कलिम १७ नशिम खुशीले २६ रनको योगदान दिए । हङहङका नर्शुल्ला रानाले २ विकेट लिए ।
योसँगै आगमी वर्ष अष्टेलियामा हुने टि ट्वान्टी विश्वकपको लागि छनोट पुरा भएको छ । १४ टोली सहभागि प्रतियोगितामा समुह ए बाट पप्पुवा न्युगिनी सोझै विश्वकपमा पुगेको थियो । त्यस्तै समुह बी बाट आयरल्यान्ड शीर्ष स्थानमा रहँदै सोझैं विश्वकपमा पुगेको थियो ।
प्लेअफबाट नेदरल्यान्ड,नामिबिया,ओमान र स्कटल्यान्ड विश्वकपमा पुगेका छन् । प्ले अफबाट यूएई र हङकङ प्ले अफबाट बाहिरिए । समुह ए बाट केन्या,सिंगापुर बर्मुडा बाहिरिदा बी बाट क्यानडा,जर्सी र नाइजेरिया बाहिरिएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]