6 years ago
October 31, 2019
एजेन्सी – अष्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले केहि समय क्रिकेटबाट विश्राम लिने भएका छन् । मानकिस समस्या देखाउँदै श्रीलंकासँगको तेस्रो तथा पाकिस्तानसँगको तीन टि ट्वान्टी सिरिजको लागि नाम फिर्ता लिएको क्रिकेट अष्ट्रेलियाले जनाएको छ ।
क्रिकेट अष्ट्रेलियाका फिजियो माइकल लोयडले म्याक्सवेलले केहि कठिनाई महसुसको सामना गरि रहेको बताए । क्रिकेट अष्ट्रेलियाका
का कार्यकार्य अधिकृत बेन ओलीभरले म्याक्सवेलको निर्णयमा पूर्ण समर्थन रहेको बताएका छन् । चाडै टोलीमा फर्किने पनि आशा राखेका छन् ।श्रीलंकासँग हुने तेस्रो तथा अन्तिम टि ट्वान्टी खेलमा उनले आफनो नाम फिर्ता लिएपछि डी आर्सी सर्टले ले मौका पाएका छन् ।
म्याक्सवेलले श्रीलंकासँगको पहिलो टि ट्वान्टी खेलमा २८ बलमा ३ छक्का र ७ चौका सहित ६२ रन जोड्दा दोस्रो खेलमा ब्याटिङ गर्नु परेको थिएन । पाकिस्तानसँगको तिन टि ट्वान्टी सिरिज आगमी आइतबार सुरु हुने छ । क्रिकेट अष्ट्रेलियाका फिजियो माइकल लोयडले म्याक्सवेलले केहि कठिनाई महसुसको सामना गरि रहेको बताए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]