6 years ago
October 31, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई अन्तर्राष्ट्रिय टि ट्वान्टी फे्रन्चाइज लिग क्रिकेट खेल्न भ्याइ नभ्याई छ । सन्दीपले इंग्ल्यान्डको टि ट्वान्टी ब्लाष्ट बाहेक विश्वका सबै चर्चिच फ्रेन्चाइज लिगको अनुभव बटुली सकेका छन् । त्यस्तै टी ट्वान्टी क्रिकेट खेल्न विश्वका बढि देशमा पुग्ने खेलाडीमा शीर्ष स्थानमा सन्दीप परेका छन् ।
विश्व चर्चित म्यागजिन ‘द क्रिकेट मन्थ्ली’को नयाँ तथ्याङ अनुसार सन्दीप र अफगानिस्तानका नजिबउल्लाह जद्रानले टी ट्वान्टी क्रिकेट खेल्न धेरै देशमा पुग्ने खेलाडीमा शीर्ष स्थानमा रहेका छन् । यी दुबै खेलाडीले ८ देशमा क्रिकेट खेलेका छन् । त्यस्तै श्रीलंकाका उसुरु उडना,अफगानिस्तान राशिद खान,न्युजिल्यान्डका कोलिन मुनरो,थिसेरा परेरा र रहमात शाहले ७ देशमा गएर क्रिकेट खेलेका छन् ।
सन्दीपले टी ट्वान्टीका रुपमा हङकङ,भारत,बंगलादेश,अफगानिस्तान,पाकिस्तान,वेष्ट इन्डिज र क्यानडा र अष्ट्रेलियाका फ्रेन्चाइज लिग खेलका छन् । त्यस्तै टि ट्वान्टीमा सर्वाधिक बलिङ गर्ने खेलाडीको सुचिमा सन्दीप दोस्रो स्थानमा छन् । सन्दीपले ९ सय ८५ बल बलिङ गरेका छन् ।
सर्वाधिक बल बलिङ गर्ने बलरमा अफगानिस्तानका कप्तान राशिद खान रहेका छन् । राशिदले १३ सय ५५ बल गर्दा तेस्रो स्थानमा रहेका मुजिव उर रहमानले ९ सय ६३ र चौथो स्थानमा रहेका इमरान ताहिरले ९ सय ५० बल गरेका छन् । त्यस्तै सर्वाधिक टिमबाट खेल्नेमा सन्दीप, क्रिस गेल र कोलिन इनग्राम दोस्रो स्थानमा रहेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]