default_image

6 years ago

October 31, 2019

नवनियुक्त कप्तान ज्ञानेन्द्रलाई नेतादेखि अभिनेतासम्मको बधाई

169 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान ज्ञानेन्द्र मल्ललाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ सम्मले बधाई दिएका छन् ।

ज्ञानेन्द्रलाई नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार कप्तानको रुपमा नियुक्त गरेको थियो । गत असोज २७ मा पारस खड्काले कप्तान पदबाट एक्कासी राजिनामा दिएपछि क्यानले बुधबार नयाँ कप्तान नियुक्त गरेको हो । ज्ञानेन्द्र नेपाली क्रिकेट टोलीका नवौं कप्तान हुन् । यसअघि क्रमश: नेपाली टोलीको कप्तानी उत्तम कर्माचार्य (१९९६), लेखबहादुर (एलबी) क्षेत्री (१९९८), पवनकुमार अग्रवाल (२०००), स्वर्गीय गणेश शाही (२००१), राजु खड्का (२००२-२००४), परेश लोहनी (२००४), विनोद दास(२००५-२००९) हुँदै सन् २००९ मा पारस खड्का कप्तान बनेका थिए ।

पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले मल्ललाई बधाई दिएका छन् । गृहमन्त्री राम बहादुर थापा (बादल), नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, युवा कांग्रेस नेता गगन थापा, साझा पार्टी नेपालका संयोजक रविन्द्र मिश्र लगायतका नेताले थुप्रैले बधाई दिएका छन् । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान तथा यू१९ टोलीका प्रशिक्षक बिनोद दासले पनि बधाई दिएका छन् । मल्ललाई समर्थकबाट पनि बधाईको ओइरो लागेको छ ।

ज्ञानेन्द्रलाई दिएको बधाई संदेशहरु:

 

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.