default_image

6 years ago

October 31, 2019

इमर्जिङ कपमा नेपाल र भारत एकै समुहमा

187 views

0 Bookmark

एजेन्सी – नेपालले बंगलादेशमा हुने इमर्जिङ एसिया कप खेल्ने भएको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) ले विहीबार सार्वजनिक गरेको तालिका अनुसार इमर्जिङ टिम एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म हुने भएको छ ।

यसअघि प्रतियोगितामा यूएईको सहभागिता रहने भनेपनि अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले मौका पाएको हो । समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् । समुह बी मा नेपाल, भारत, बंगलादेश र हङकङ रहेका छन् । पहिलो खेलमै भारतसँग कात्तिक २८ मा खेल्ने छ । नेपालले हङकङसँग कात्तिक ३० मा खेल्ने छ ।

मंसिर २ मा बंगलादेशसँग खेल्ने भएको छ । समुह चरणका शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्ने छन् । सेमिफाइनल मंसिर ४ र ५ गते हुने छ । फाइनल मंसिर ७ मा हुने एसीसीले जनाएको छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.