5 years ago
November 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर सूर्य तामाङले भारतमा हुने यू-१९ च्यालेन्जर सिरिज गुमाउने भएका छन् ।
बुधबार फिल्डिङको क्रममा बायाँ हातको चोर औंलामा चोट लागेपछि भारत भ्रमण गुमाउने भएका हुन् । तर औपचारिक घोषणा भने हुन बाँकी छ । उनको स्थान अव वैकल्पिक खेलाडीको सुचिमा रहेका दिपक बोहोरा, दुर्गेश गुप्ता, निखिल कुमार सिंह र सोनु देवकोटा मध्य एकले लिने छन् । नेपाली यू१९ टोलीका प्रशिक्षक विनोद दासले मेडिकल रिर्पोट आएपछि मात्र प्रक्रिया अनुसार उनको स्थानमा नयाँ खेलाडी छनोट हुने बताए ।
नेपालले भारत भ्रमणको लागि बुधबार रित गौतमको कप्तानीमा नेपाल यू१९ ए राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको थियो ।भारतको हैदराबादमा कार्तिक २५ देखि मंसिर १ गतेसम्म चल्ने प्रतियोगितामा भारतको ३ टोलीसँगै नेपालको यू-१९ टोलीले प्रतिस्पर्धा गर्ने छ। भारतको आधिकारिक यू-१९ प्रतियोगिता समेत रहेको यस प्रतियोगितामा भारत रातो, भारत निलो र भारत पहेंलोसँगै नेपालले प्रतिस्पर्धा गर्नेछ ।
लिग चरणमा एक आपससँग खेलेपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् भने तेस्रो र चौथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले कार्तिक २५ गते पहेंलो, २७ गते रातो र २९ गते निलो टोलीसंग खेल्नेछ । फाइनल तथा तेस्रो स्थानको खेल मंसिर १ गते हुनेछ ।
नेपाल यू-१९ क्रिकेट टोली :
रित गौतम (कप्तान),लोकेश बहादुर बम, तृतराज दस, विशालविक्रम केसी, खडक बहादुर बोहोरा, अभिषेक बस्नेत, हरिबहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेक कुमार यादव, सूर्य तामाङ, तिलकराज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जिसी, गौतम केसी ।
वैकल्पिक खेलाडी:
दिपक बोहोरा, दुर्गेश गुप्ता, निखिल कुमार सिंह, सोनु देवकोटा ।
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सलाई सुदूरपश्चिम रोयल्सले मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रनको योगफल तयार गर्यो । सुदूरपश्चिमका लागि आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । उनले ३८ बलमा २ […]
December 15, 2024
एजेन्सी – भारतविरुद्ध दुई खेलाडीको शतकमा तेस्रो टेस्टमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको छ । वोर्डर गावास्कर ट्रफी सिरिजको तेस्रो टेस्टको पहिलो इनिङमा अस्ट्रेलिया विशाल योगफल तर्फ उन्मुख भएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोलीले पहिलो इनिङ अन्तर्गत दोस्रो दिन आइतवारको खेल सकिदा अस्ट्रेलियाले ७ विकेट गुमाएर ४ सय ५ रन […]
December 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग(एनपिएल) मा आइतवारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ रोजेका हुन् । सुदूरपश्चिमले पछिल्लो खेलमा खेलेको टिम नै मैदान उतारेको छ । सुदूरपश्चिम ४ दिन पछि खेल खेल्दैछ । सुदूरपश्चिम रोयल्सको प्लेइङ-११ दीपेन्द्रसिंह ऐरी, हर्मित […]