default_image

6 years ago

November 1, 2019

श्रीलंकामाथि अष्ट्रेलियाको क्लिनस्वीप!

111 views

0 Bookmark

एजेन्सी – श्रीलंकासँगको तीन टि ट्वान्टी सिरिज घरेलु टोली अष्ट्रेलियाले ३-० ले जित्दै क्लिनस्वीप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराउँदै क्विन स्वीप गरेको हो ।

जितका लागि १ सय ४३ रनको विजयी लक्ष्य अष्ट्रेलियाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गर्यो । अष्ट्रेलियाको जितमा ओपनर डेविड वार्नरले ५७ रनको अविजित इनिङ खेले । वार्नरले चौका प्रहार गर्दै खेल जिताएका थिए । वार्नरले ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे । ब्यक्तिगत १२ रनमा कप्तान लासिथा मलिङ्गाले क्याच छोडेपछि वार्नरले जीवन दान पाएका थिए । वार्नरले पहिलो खेलमा शतक र दोस्रो खेलमा ६० रनको अविजित इनिङ खेलेका थिए । यो सँगै वार्नरले टि ट्वान्टी आईमा आफ्नो २ हजार रन पनि पुरा गरेका छन् ।

अर्का ओपनर तथा कप्तान आरोन फिन्च २५ बलमा १ चौका र ३ छक्का सहित ३७,स्टिभ स्मिथ १३ रनमा आउट हुँदा एश्टन टर्नर २२ रनमा अविजित रहे । टर्नरले १५ बलमा २ छक्का प्रहार गरे । श्रीलंकाका कप्तान लासिथा मलिङ्गा,लाहिरु कुमारा र नुवान प्रदीपले समान १ विकेट लिए ।

 

त्यसअघि मेलर्बनमा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४२ रन बनाएको थियो । श्रीलंकाका लागि विकेटकीपर कुसल परेराले ४५ बलमा ४ चौका र १ छक्का सहित सर्वाधिक ५७ रनको योगदान दिए । पहिलो ओभरको अन्तिम बलमा मिचेल स्टार्कले ओपनर निरोशन डिक्वेलालाई शुन्यमा पेभिलिएन फर्काए । कुशल मेन्डिस १३,अभिष्का फ्रर्नान्डो २०,ओशदा फ्रर्नान्डो ६ रनमा क्याच आउट भए ।

शेहान जयसूर्या १२ रनमा आउट हुँदा भानुका राजपक्षे १७ रनमा अविजित रहे । कप्तान लासिथा मलिङ्गा ४ बलमा १ छक्का सहित ८ रनमा अविजित रहे । अष्ट्रेलियाका केन रिचर्ड्सन, प्याट कमिन्स र मिचेल स्टार्कले समान २ विकेट लिए ।

अष्ट्रेलिया पहिलो खेलमा १ सय ३४ र दोस्रो खेलमा ९ विकेटले विजयी भएको थियो । अष्ट्रेलियाले अव पाकिस्तानसँग तीन टि ट्वान्टी सिरिज घरेलु मैदानमै खेल्ने छ । अष्ट्रेलिया र पाकिस्तानबीच पहिलो टि ट्वान्टी खेल आइतबार सिड्नीमा हुने छ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.