default_image

6 years ago

November 1, 2019

नेदरल्यान्ड्स विश्वकप छनोटको फाइनलमा

136 views

0 Bookmark

एजेन्सी – नेदरल्यान्ड्स यूएईमा जारी आईसीसी टि ट्वान्टी विश्वकप छनोटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार साँझ पहिलो सेमिफाइनलमा टेष्ट टोली आयरल्यान्डलाई २१ रनले हराउँदै नेदरल्यान्ड्स फाइनलमा पुगेको हो ।

१ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । आयरल्यान्डका पल स्टर्लिङ २९, केभिन ओ ब्रायन २२, ग्यारेथ डेलानी २० र जर्ज डोकरेलले २५ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् ।

नेदरल्यान्ड्सका कप्तान पिटर सिलार ३,फर्द क्वालासेन र रोलेफ भान डर मर्वेले समान २ विकेट लिए । त्यस अघि टस हारेर ब्याटिङ थालेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५८ रन बनाएको थियो । नेदरल्यान्ड्सका रायन टेन डोस्काटे २५ बलमा ३ चौका र २ छक्का सहित ४३ रनको योगदान दिए ।

विकेटकिपर बेन कपुर ३७, पीटार सेलार २१ र रोलेफ भान डर मर्वेले २५ रन जोडे । आयरल्यान्डका क्रेग योंगले २ विकेट लिए । नेदरल्यान्ड्सले उपाधिको लागि पप्पुवा न्युगिनी र नामिबियाबीचको विजेतासँग शनिबार खेल्ने छ । दोस्रो सेमिफाइनल आज राती नै हुनेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.