default_image

6 years ago

November 2, 2019

नेपालविरुद्ध खेल्ने एमसीसीका ५ ‘हेभीवेट’ खेलाडी

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) टोली नेपाल भ्रमणका लागि शनिबार आइपुगेको छ । आइतबादेखि कात्तिक २६ सम्म काठमाडौं र पोखरामा एमसीसीले नेपालको यू१९, सिनियर टोलीसँग एक दिवसिय, प्रथम श्रेणी, चिफ मिनिस्टर ११ र कास्की ११ गरेर टि ट्वान्टी खेल्ने छ ।

 

नेपालले एमसीसीको लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा फरक फरक तीन टोली घोषणा गरि सकेका छ । नेपाल भ्रमणका लागि एमसीसीले बलियो टोली घोषणा गरेका छ । नेपाल आएको एसीसीको टोलीमा टेष्ट अनुभवीसँगै इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणीको खेलको अनुभव बोकेका खेलाडीको बाहुल्यता छ । नेपाल भ्रमणमा आएको एमसीसीका प्रमुख पाँच खेलाडी यस प्रकार रहेका छन् ।

५. बिली गोडलेमान

बिली एमसीसीका सर्वाधिक भरपर्दा ब्याट्सम्यान हुन् । ओपनर बिलीले इंग्ल्यान्डको उमेर समूह  हुँदै प्रथम श्रेणीमा राम्रो प्रभाव छाडेका छन् । बिली इंग्ल्यान्डको चर्चिच प्रथम श्रेणीको टोली डर्बीशायरको कप्तान समेत हुन् । बिलीको लय पनि उत्कृष्ट छ । बिलीले १ सय ५७ प्रथम श्रेणीको खेलमा २१ शतक र ३८ अर्ध शतक सहित कुल ८ हजार ७ सय ५४ रन जोडेका छन् । उनले गत भदौमा काउन्टी च्याम्पियन्सीप डिभिजन २ मा ससेक्सविरुद्ध १ सय ६ र लन्काशायरविरुद्ध एक सय ११ रनको उत्कृष्ट इनिङ खेलेका थिए ।

प्रथम श्रेणीबाट निखारिएका बिली नेपाली बलरलाई टाउको दुखाईका ब्याट्सम्यान बन्न सक्छन् । जसले नेपाली खेलाडीविरुद्ध आफ्नो राम्रो प्रभाव जमाउन सक्ने अनुमान गरिएको छ । उनीसँग ६९ लिष्ट ए र ७९ टि ट्वान्टी एसको अनुभव छ । नेपाल भ्रमणमा आएको एमसीसीको टोलीमा बिली प्रमुख खेलाडी मध्यका एक हुन् ।

४. ओलिभर हान्नोन डल्बी

३० वर्षिय ओलिभर इंग्ल्यान्डबाट नियमीत प्रथम श्रेणी र घरेलु क्रिकेट खेल्दै आएका मध्य गतिका बलर हुन् । उनले बियर्स र वारिक्शायरबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । उनले ६९ प्रथम श्रेणीमा १ सय ६८ विकेट लिएका छन् । ५–१८ उनको उत्कृष्ट प्रर्दशन छ । ४२ लिष्ट ए र ५७ टि ट्वान्टी एसको अनुभव छ ।

३. यासिर अराफात

यासिर पाकिस्तानबाट वान डे, टि ट्वान्टी आई र टेष्ट खेलेका मध्य गतिका बलिङ अलराउन्डर हुन् । यासिरले सन् २००७ मा भारतविरुद्ध टेष्ट, बंगलादेशविरुद्ध टि ट्वान्टी र २००० मा श्रीलंकसँग वान डे मा डेब्यू गरेका थिए । यासिरले पाकिस्तानबाट ३ टेष्ट, ११ ओडीआई र १३ टि ट्वान्टी खेलेका छन् । जसमा टेष्टमा ९, ओडीआईमा ४ र टि ट्वान्टीमा १६ विकेट चट्काएका छन् ।

यासिरले २ सय ६ प्रथम श्रेणी खेल खेलेका छन् । प्रथम श्रेणीमा ७ सय ८७ विकेट लिएका छन् । प्रथम श्रेणीमा ५ शतक र १० अर्ध शतक सहित कुल ७ हजार ३३ रन जोडेका छन् । अलराउन्डर यासिर एमसीसीका भरपर्दा र अनुभवी खेलाडी हुन् ।

२. टम वेस्टली

टम वेस्टली इंग्ल्यान्डका शीर्षक्रमका ब्याट्सम्यान हुन् । इंग्ल्यान्डबाट टेष्टमा डेब्यू गरी सकेका उनले एसेक्सबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । उनले सन् २०१७ मा दक्षिण अफ्रिकाबीरुद्ध टेष्टमा डेब्यू गरेका थिए । ओडीआईमा डेब्यूको पर्खाईमा रहेका उनले इंग्ल्यान्डबाट ५ टेष्ट, १ सय ७९ प्रथम श्रेणी र ८८ लिष्ट ए खेलेका छन् । टेष्टमा ९ इनिङमा १ सय ९३ रन जोडेका छन् ।

वेस्टलीले टेस्ट डेब्युमै दक्षिण अफ्रीकाविरुद्ध टोलीको दोस्रो इनिङमा ५९ रन जोड्दै उत्कृष्ट ब्याटिङ गरेपछि चर्चा बटुलेको थिए । उनले पछिल्लोपटक टेस्ट खेल्दा वेस्ट इन्डिजविरुद्ध नटआउट ४४ रन जोडेका थिए । त्यसयता भने वेस्टलीले टेस्टमा अवसर पाएका छैनन् ।

१. जिमी एडम्स

एमसीसीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका जिमी सर्वाधिक अनुभवी र भरपर्दा खेलाडी हुन् । उनले ह्याम्पसायरबाट घरेलु क्रिकेट खेल्ने गर्दछन् । बायाँ हाते ३९ वर्षिय उनले २ सय ३३ प्रथम श्रेणी, १ सय २३ लिष्ट ए र २ सय ३५ टि ट्वान्टी आई को अनुभव बटुलेका छन् । उनले ४ सय ९ प्रथम श्रेणीको इनिङमा २५ शतक र ७३ अर्ध शतक सहित कुल १४ हजार १ सय ३५ रन जोडेका छन् । एमसीसीको कप्तान समेत रहेका जिमी भरपर्दा र प्रमुख खेलाडी समेत हुन् ।

एमसीसीको १३ सदस्य टोली :

जिमी एडम्स, यासिर अराफात, बिली गोडलमान, मिल्स हामान्ड, ओलिभर हनन्न डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमसन, विल वान्डर्सपार, इड योंग, टम वेस्टली, क्रिस राइट ।

एमसीसी टोलीको आगमनपछि कप्तानले यसो भने:

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.