default_image

6 years ago

November 3, 2019

एमसीसीसँग खेल्दै नेपाली युवा टोली

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले पहिलो खेलमा आज नेपाली यू१९ टोलीसँग खेल्दै छ । टियु क्रिकेट मैदानमा बिहान ९:१५ देखि सुरु हुने खेल ५० अोभरको हुनेछ । भारत भ्रमणको लागि बुधबार रित गौतमको कप्तानीमा घोषणा टोलीनै एमसीसीविरुद्ध मैदान उत्रर्ने छ ।

टेष्ट र प्रथम श्रेणीको अनुभव रहेका एमसीसी खेलाडीविरुद्ध नेपाली यू१९ टोलीको सोच नतिजा भन्दा अनुभव र क्षमता बृद्धीमा केन्द्रित रहने छ । एमसीसीमा इंग्ल्यान्डबाट टेष्ट खेलि सकेका टम वेस्टली,पाकिस्तानका तीनै वान डे,टि ट्वान्टी र टेष्ट खेलेका यासिर अराफात,कप्तान जिमी एडम्स र बिली गोडलेमान जस्ता खेलाडी छन् । एमसीसीका यी चार बाहेक अन्यले इंग्ल्यान्डबाट यू१९ र प्रथम श्रेणी खेलेका छन् । एमसीसी नेपाली यूवा टोलीमाथि सहज र फराकिलो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ ।

सिनियर टोलीबाट खेलि सकेका कुशल मल्ल नेपालको प्रमुख हतियार हुन् । कुशललाई आजको खेल महत्वपूर्ण पनि हुने छ । एक महिना अघि जिम्बावेसँग टि ट्वान्टीमा डेब्यू गरेका कुशलले सिनियर टोलीमा खासै राम्रो प्रभाव छाड्न सकेनन्,जति उनिबाट आशा गरिएको थियो । त्यसैले कुशल पुन आफुलाई प्रमाणित गर्न चाहान्छन् । कप्तान रित गौतम, खड्क बहादुर बोहरा, विकेटकीपर हरि बहादुर चौहान, लोकेश बम शीर्षक्रमका ब्याट्सम्यान हुन् ।

विवेक कुमार यादव, प्रतिश जि.सी र तिलक भण्डारी बलिङ हतियार हुन् । फ्रेन्चाइज लिगको अनुभवी अफ स्पिनर सुर्य तामाङले औलामा चोटका कारण यो खेल गुमाउने निश्चित जस्तै छ । अलराउन्डरको रुपमा कुशलसँगै, शेर मल्ल, विशाल बिक्रम केसी रहेका छन् ।

एमसीसीको पूर्ण टोली :

जिमी एडम्स(कप्तान), यासिर अराफात, बिली गोडलेमान, मिल्स हामान्ड, ओलभर डल्बी, क्यालम ज्याक्सन, विल रोड्स, एलेक्स स्पेन्सर, एलेक्स थोमस, विल वान्डर्सपार, इड योंग, टम वेस्टली र क्रिस राइट ।

नेपाली यू१९ टोली :

रित गौतम (कप्तान), लोकेश बहादुर बम, तृर्थराज दास, विशाल बिक्रम केसी, खड्क बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान (विकेटकीपर), अरुण ऐरी, कुशल मल्ल, विवेक कुमार यादव, सूर्य तामाङ, तिलक राज भण्डारी, शेर मल्ल, आकश चन्द, प्रतिस जि.सी. र गौतम केसी ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.