6 years ago
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले पहिलो खेलमा नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीको सामना गर्दैछ । विहान ९:३० बजे सुरु हुने खेलका लागि नेपालले टस जितेर फिल्डीङ रोजेको छ ।

टसमा नेपाल यू-१९ का कप्तान रित गौतम र एमसीसीका कप्तान जिमी एडम्स उपस्थित थिए । यसैगरी खेलमा नेपालका तर्फबाट बुद्धिबहादुर प्रधान र एमसीसीका पनि एक अम्पायर रहनेछन् । खेल ५० ओभरको हुनेछ ।
प्लेइङ ११ :
नेपाल यू-१९ : रित गौतम (कप्तान), लोकेश बम, हरि चौहान (विकेटकिपर), खडक बोहोरा, विशाल केसी, अरुण ऐरी, कुशल मल्ल, प्रतिश जिसी, शेर मल्ल, आकाश चन्द, सागर ढकाल
एमसीसी : जिमी एडम्स (कप्तान), विल रोड्स, क्यलम ज्याक्सन, बिलि गोडलम्यान, टम वेस्टली, विल भानडरसपार, माइल्स ह्यामन्ड, एड योङ, यासिर अरफत, क्रिस राइट, ओलिभर ह्यानन-डाल्बी

December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]