6 years ago
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर विल रोड्सले उत्कृष्ट ब्याटिङ गरेपछि नेपाली यू१९ टोली विरुद्ध एमसीसीले राम्रो सुरुवात गरेको छ । आइतबार बिहान टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले सुरुवाती २५ ओभरमा ३ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको छ ।

शेर मल्लले रोड्सलाई २१ औं ओभरमा अरुण ऐरीबाट क्याच गराउँदै ९३ रनमा पेभिलिएन फर्काए । उनी शतक बनाउन मात्र ७ रनले चुके । ओपनर बिली गोडलम्यान र विल रोड्सले १७ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । सागरले बिलीलाई १७ औं ओभरको अन्तिम बलमा २२ रनमा एलबी आउट गर्दै शतकीय साझेदारी तोडेका थिए ।
शेर मल्लले कप्तान जिमी एडम्सलाई २३ ओभरको दोस्रो बलमा शून्यमा पेभिलिएन फर्काएपछि एमसीसीको रनको गति रोकिएको छ । एमसीसीका विल भान्डरसपार ४ र टम वेस्टली ४ रनमा क्रिजमा खेलि रहेका छन् । नेपालका शेर मल्ल २ र सागर ढकालले १ विकेट लिइसकेका छन् ।

December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]