6 years ago
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध नेपाली यू१९ टोलीले मध्यम सुरुवात गरेको छ । एमसीसीले प्रस्तुत गरेको ३ सय ३५ रनको विशाल पछ्याएको नेपाली यू१९ टोलीले सुरुवाती २५.१ ओभरमा ४ विकेटको क्षतिमा १ सय ४१ रन बनाएको छ ।

कप्तान रित गौतम ४५ रनमा क्याच आउट भए । रित १९ ओभरको अन्तिम बलमा ठूलो सटको धुनमा डिप स्क्वायर लेगमा क्याच आउट हुन पुगे । क्रिजमा हरि बहादुर चौहान ११ रनमा खेलि रहेका छन् । उनलाई अरुण ऐरीले साथ दिइरहेका छन् ।
ओपनर लोकेश बम ४ चौकासहित चौथो ओभरको तेस्रो बलमा स्क्वायर लेगमा १८ रन जोड्दै क्याच आउट भए । खडक बहादुर बोहरालाई १२ ओभरको अन्तिम बलमा एड योङले २६ रनमा बोल्ड आउट गरे । विशाल बिक्रम केसी १३ रनमा सर्ट मिड विकेट क्याच आउट भए ।

त्यस अघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो । एमसीसीका लागि तीन ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका थिए ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]