6 years ago
November 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले नेपाल भ्रमण अन्तर्गत पहिलो खेलमा नेपाल यू-१९ राष्ट्रिय क्रिकेट टोलीलाई ३८ रनले पराजित गरेको छ ।

जितका लागि ३ सय ३५ रनको लक्ष्य पछ्याएको यू-१९ टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ९६ रनमात्र जोड्न सक्यो । नेपालका लागि विकेटकीपर हरि बहादुर चौहानले सर्वाधिक ५२ रन जोडे । ३९ औं ओभरको अर्ध शतक पुरा गरेका हरि ४० औं ओभरमा क्याच आउट हुन पुगेका थिए । कप्तान रित गौतम ४५ रनमा आउट भए । रित १९ ओभरको अन्तिम बलमा ठूलो सटको धुनमा डिप स्क्वायर लेगमा क्याच आउट हुन पुगेका थिए ।
चौथो ओभरको तेस्रो बलमा स्क्वायर लेगमा क्याच आउट हुनु अघि ओपनर लोकेश बमले ४ चौका सहित १८ रनमा पेभिलिएन फर्के । खडक बहादुर बोहरालाई १२ ओभरको अन्तिम बलमा एड योङले २६ रनमा बोल्ड आउट गरे । विशाल विक्रम केसी १३ रनमा सर्ट मिड विकेट क्याच आउट भएका थिए । ३८ ओभरको तेस्रो बलमा ठूलो सट खेल्ने क्रममा अरुण ऐरी ३० रनमा क्याच आउट हुन पुगे ।

कुशल मल्ल १२ र प्रतिस जि.सी.५ रनमा आउट भए । आकाश चन्द र शेर मल्लले अन्त्यतिर आक्रामक ब्याटिङ गर्दै नेपाललाई विजयी स्कोरतर्फ अग्रसर गराएका थिए । आकाश ३० रन जोड्दै विकेटकिपरको हातबाट समातिए । शेर २८ रनमा नटआउट रहँदा सागर ढकालले १ रन जोडे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको एमसीसीले तीन ब्याट्सम्यानको अर्धशतकको मदतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३४ रन बनाएको थियो । एमसीसीका ओपनर विल रोड्सले सर्वाधिक ९३ रनको योगदान दिए । स्पिनर शेर मल्लले २१ औं ओभरमा क्याच आउट गराएपछि रोड्स शतक बनाउन चुकेका थिए । इंग्ल्यान्डबाट टेष्ट खेली सकेका टम वेस्टलीले ६५ रन जोडे । कुशल मल्लको ३९ ओभरको पहिलो बलमा ठूलो शट खेल्ने धुनमा सागरबाट क्याच आउट हुन पुगे । माइल्स ह्यामन्डलाई ४७ ओभरको तेस्रो बलमा आकश चन्दले माइल्सलाई ६५ रनमा एलबी डल्लू आउट गरे ।
ओपनर बिली गोडलम्यान र विल रोड्सले १७ ओभरमा १ सय १० रनको शतकीय साझेदारी गर्दै एमसीसीलाई उत्कृष्ट सुरुवात दिलाए । सागरले बिलीलाई १७ औं ओभरको अन्तिम बलमा २२ रनमा एलबी आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए । शेरले कप्तान जिमी एडम्सलाई २३ ओभरको दोस्रो बलमा शून्यमा एलबी डब्लू आउट गराए ।

३७ औं ओभरको चौथो बलमा सागरले विल भान्डरसपारलाई अरुण ऐरीबाट २४ रनमा क्याच आउट गराए । एड योङ ४५ रनमा अविजित रहे । एडले अन्तिम ओभरमा हरि बहादुर चौहानलाई ३ छक्का प्रहार गरेका थिए । नेपालका स्पिनर सागर ढकाल र शेर मल्लले समान २ विकेट लिए । त्यस्तै कुशल मल्ल र आकश चन्दको नाममा समान १ विकेट रह्यो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]