default_image

6 years ago

November 3, 2019

रिचा स्मृति क्रिकेटः उपाधिको लागि रोयल राइनोज र सगरमाथा भिड्ने

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियामा जारी रिचा स्मृति क्रिकेट प्रतियोगिताको फाइनलमा रोयल राइनोज क्रिकेट क्लब र सगरमाथा क्रिकेट क्लब भिड्ने भएका छन् ।

आइतबार भएको सेमिफाइनलमा सगरमाथा क्रिकेट क्लबले हिमालयन क्रिकेट क्लबलाई ४ विकेटले तथा रोयल राइनोज क्रिकेट क्बलले नार्रे किंग्सलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेका हुन् ।

पहिलो सेमिफाइनलमा टस जितेर नार्रेले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो । नार्रेका आकाशले ३९, अनुपले २३ र किरनले २० रन जोडे । निरजले २,भिस्म, निराजन र उत्सवले समान १ विकेट लिए ।

१ सय ३९ रनको लक्ष्य रोयलले १८.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो । उसका जितमा मोहनले समान ३ चौका र छक्का सहित ५६, चन्द ४२ र सन्जोगले १२ रन जोडे । नार्रेका कृष्णले २ र किशोरले १ विकेट लिए ।

त्यस्तै सेमिफाइनलमा सगरमाथाविरुद्ध टस जितेर हिमालयनले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो । सन्दीपले ३१, तानाम अविजित ३६ र सुनिलले २० रन जोडे । सगरमाथाका अभिनाषले ३, सुनित र राजकुमारले समान १ विकेट लिए । १ सय २६ रनको लक्ष्य ६ विकेटको क्षतिमा पुरा गर्यो । सगरमाथाका विकेशले ४३, राजकुमारले २७ र दिपनले १३ रन जोडे । हिमालयनका किरणले २, रोशन र सरोजले समान १ विकेट लिए ।

फाइनल रोयल राइनोज र सगरमाथा क्रिकेट क्बलबीच आगमी मंसिर १ अर्थात नोभेम्बर १७ मा हुने आयोजकले जनाएको छ । प्रतियोगिता क्यानका पूर्व उपाध्यक्ष नरेश श्रेष्ठकी छोरी रिचा श्रेष्ठको स्मृतिमा आयोजना गरिएको हो ‌। उनको केहि महिनाअघि निधन भएको थियो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.