default_image

6 years ago

November 4, 2019

एमसीसीविरुद्ध खेलमा फर्कंदै नेपाल

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर टोलीविरुद्ध मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) ले मध्यम प्रर्दशन गरिरहेको छ । टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसीले ३२ ओभरमा १ सय ७९ रन बनाउँदा ६ विकेट गुमाएको छ ।

एमसीसीका लागि ओपनर बिली गोडलम्यान ५२ रनमा आउट भए । ११ औं ओभरको तेस्रो बलमा पवन सरार्फले आरिफ शेखबाट क्याच गर्नु अघि बिलीले ६ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटका लागि विल रोड्स र बिली गोडलम्यानले १०.३ ओभरमा ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । ललित नारायण राजवंशीले टम वेस्टलीलाई १९ ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गर्दै नेपाललाई दोस्रो सफलता दिलाए ।

२७ औं ओभरको अन्तिम बलमा ललितले रोड्सलाई ५४ रनमा क्याच आउट गराउँदै नेपाललाई खेलमा फर्काउन खोजेका छन् । रोड्सले २२ ओभरको अन्तिम बलमा बिक्रम शोबलाई चौका प्रहार गर्दै अर्धशतक पुरा गरेका थिए । रोड्सले ४ चौका प्रहार गरे । रोड्स दुई पटक जीवनदान पाएका थिए ।

अभिनासले २८ औं ओभरको चौथो बलमा विल भानडरसपारलाई आरिफ शेखबाट ३६ रनमा क्याच आउट गराए । उनले ३ चौका र २ छक्का प्रहार गरे । २९ ओभरको पाँचौ बलमा ललितले विकेटकीपर विनोद भण्डारीबाट स्टम्पिङ आउट गराउँदै ३ रनमा पेभिलिएन फर्काएका छन् । कप्तान जिमी एडम्स १० रन जोड्दै पवनको बलमा बोल्ड भए । क्यालम ज्याक्सन ५ रनमा खेलि रहेका छन् । नेपालका ललित नारायण राजवंशीले ३, पवन सर्राफले २ तथा अभिनाष बोहोराले  विकेट लिइसकेका छन् ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.