default_image

6 years ago

November 4, 2019

ललित र पवन चम्कँदा एमसीसीको मध्यम योगफल

492 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले उत्कृष्ट प्रर्दशन गरेपछि मेरिलेबोन क्रिकेट क्लब(एमसीसी) ले नेपाललाई २ सय २ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको एमसीसी ४० औं ओभरमा अल आउट हुँदै २ सय १ रनमा समेटियो । एक समय विशाल योगफलतर्फ उन्मुख देखिएको एमसीसी पवन र ललितको स्पिनमा खुलेर खेल्न सकेको थिएन । एमसीसीका ओपनर विल रोड्स र बिली गोडलम्यानले अर्धशतक प्रहार गर्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । २७ औं ओभरको अन्तिम बलमा ललितले रोड्सलाई ५४  रनमा क्याच आउट गराएका थिए । रोड्सको रनमा ४ चौका सामेल रह्यो । रोड्सले २ पटक सम्म जीवनदान पाएका थिए ।

अर्का ओपनर ओपनर बिली गोडलम्यान ५२ रन जोडे । ११ औं ओभरको तेस्रो बलमा पवन सरार्फले आरिफ शेखबाट क्याच गर्नु अघि बिलीले ६ चौका र २ छक्का प्रहार गरे । पहिलो विकेटका लागि विल रोड्स र बिली गोडलम्यानले १०.३ ओभरमा ७३ रनको साझेदारी गर्दै राम्रो सुरुवात गरेपनि त्यसपछि निरन्तर किवेट गुम्दा ठूलो योगफल बनाउन चुकेको हो । ललित नारायण राजवंशीले टम वेस्टलीलाई १९ ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट गरे ।

अभिनासले २८ औं ओभरको चौथो बलमा विल भानडरसपारलाई आरिफ शेखबाट ३६ रनमा क्याच आउट गराए । उनले ३ चौका र २ छक्का प्रहार गरे । २९ ओभरको पाँचौ बलमा ललितले विकेटकीपर विनोद भण्डारी स्टम्पिङ आउट गराउँदै ३ रनमा पेभिलिएन फर्काए । कप्तानी जिमी एडम्सलाई पवन सरार्फले ३२ ओभरको चौथो बलमा १० रनमा बोल्ड आउट गरे ।

क्यालम ज्याक्सनलाई ललितले ३७ ओभरमा ८ रनमा आउट गरे । एलेक्स थप्सनलाई पवन सरार्फले १६ रनमा क्याच आउट गराए । नेपालका दुई स्पिनर ललित नारायण राजवंशी र पवन सरार्फले समान ४ विकेट लिए । तीब्र गतिका बलर अभिनास बोहोरा र करण केसीको नाममा समान १ विकेट रह्यो ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.