6 years ago
November 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – वाइवाइ ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा पुषमा यू १९ दुई दिवसिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
एकेडेमीले आइतबार काठमाडौंमा सम्मेलन गर्दै दोस्रो हिमालयन क्रिकेट लिग दुई दिवसिय यू१९ क्रिकेट प्रतियोगिता पुष १९ देखी माघ ४ सम्म मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुने बताइएको छ । नेपालमा निजी क्षेत्रबाट पहिलो पटक पुरुष यू १९ दुई दिवसिय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
एकेडेमीका अध्यक्ष सुदीप शर्माका अनुसार खेल मुलपानीको दुवै मैदानमा गराउने सम्भावना रहेकोब ताए । एकेडेमीले क्रिकेट विकास र युवा खेलाडी उत्पादनमा सहयोग उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको जनाएको छ ।
आयोजक ऐडेमी, धनगढी क्रिकेट ऐकेडेमी र अन्य ४ गरि ६ टोलीको सहभागिता रहने बताइएको छ । सहभागी ६ टोलीलाई दुई समुहमा विभाजना गरिने छ । राउन्ड रोविन लिगपछि समूहमा शीर्ष दुई टोली उपाधिको लागि भिड्ने छन् ।
खेल सेतो लुगा र रातो बलमा खेलाइने छ ।
पहिलो दिन ९६ ओभरको खेल हुने छ । पहिलो इनिङमा एक टोलीले बढीमा ६० ओभर खेल्न पाउने छ । प्रतियोगिता सञ्चालनका लागि झन्डै ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
यस अघि २०७२ सालमा यस प्रतियोगिताको पहिलो संस्करण ५० ओभरको एक दिवसिय काठमाडौंको टुडिखेलमा भएको थियो । जुन प्रतियोगिता धनगढी क्रिकेट एकेडेमीले जितेको थियो । आगामी संस्करणमा टिम संख्या र प्रतियोगिता अवधि पनि बढाउने शर्माले जानकारी दिए ।
त्यस्तै एकेडेमीले आफ्नो विस्तार पनि बढाउने बताएको छ । हाल काठमाडौंको शान्तिनगरमा रहेको यस एकेडेमीले हात्तिबनमा इन्डोर सहितको ठूलो एकेडेमी सञ्चालन गर्न लागेको जनाएको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]