6 years ago
November 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले यू१९ च्यालेन्जर सिरिज अन्तर्गत पहिलो खेलमा आज भारतीय सी टोलीसँग खेल्दै छ । खेल नेपाली समय अनुसार बिहान ९:१५ देखी सुरु हुनेछ ।

नेपाली टोली यू१९ च्यालेन्जर सिरिज खेल्न शनिवार हैदराबाद लागेको थियो । नेपाली टोलीको कप्तान रित गौतमले गर्ने छन् । सिनियर टोलीबाट खेलि सकेका कुशल मल्ल नेपालका प्रमुख हतियारका रुपमा रहने छन् । त्यस्तै अनुभवी स्पिनर सागर ढकाल पनि नेपालका प्रमुख खेलाडी हुन् । रित र लोकेश बहादुर बम ओपनरको रुपमा मैदान उत्रने संभावना छ । नेपालको शीर्षक्रम ब्याटिङमा खडक बहादुर बोहोरा, हरि बहादुर चौहान, अरुण ऐरी रहने छन् । तल्लोक्रममा शेर मल्ल, विशाल विक्रम केसी र कुशल मल्ल रहने संभावना छ । स्पिनरको रुपमा सागर ढकाल र तिलकराज भण्डारी रहने छन् । तीब्र गतिका बलरको रुपमा आकश चन्द र प्रतिश जि.सी खेल्ने संभावना छ ।
यता भारतीय सी ले पनि बलियो टोली मैदान उतार्ने छ । भारतीय सी टोलीमा यू१९ एसिया कपमा सर्वाधिक रन बनाउने अर्जुन अजाद मुख्य हतिहायर हुने छन् । उनले एसिया कपमा ४ खेलमा समान १ शतक र अर्ध शतक सहित कुल २ सय ४ रन जोडेका थिए । शुमांग हेगडे(कप्तान) ले भारतीय सी टालीको कप्तानी गर्ने छन् ।
भारतीय सी टोली :
दिब्यंश सक्सेना, अर्जुन अजाद, प्रदोष राजन पल, शाश्रव रावत, बरुण लभंडे, कुमार कुशगरा(विकेटकीपर), सौरभ डागर, शुमांग हेगडे(कप्तान) रवि रोशन, ब्रिकान्त बदोरिया, सीटीएल रक्सान, दानित राउत, विद्याधर पटेल, अर्यान सिट्टी, युसुफ मुजितबा
नेपाली टोली :
रित गौतम (कप्तान), लोकेश बहादुर बम, तृतराज दास, विशाल विक्रम केसी, खडक बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, विवेककुमार यादव, सागर ढकाल, तिलक राज भण्डारी, शेर मल्ल, आकाश चन्द, प्रतिस जि।सी र गौतम केसी
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]