6 years ago
November 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका सदस्य बंगलादेशमा हुने इमर्जिङ टिम्स एसिया कपको लागि टिकट नपाउँदा तीन दिनमा तीन समूहमा जाने भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्दले यसअघि हिमालय एअरलाइन्समा मंगलबारको लागि टिकट काटेपनि अन्तिम समयमा रद्ध भएपछि टिकट नपाउँदा फरक फरक समूहमा टोली पठाउन लागेको बताएका छन् । सोमबार ९ , मंगलबार ५ र बुधबार ६ सदस्य टोली बंगलादेश जाने छ ।
इमर्जिङ कप कात्तिक २८ देखी मंसिर ७ गते सम्म बंगलादेशको कक्स बजार र ढाकामा चल्ने छ । समुह ‘बी’ मा नेपाल सहित बंगलादेश, हङकङ र भारत छन् । समुह ‘ए’ मा पाकिस्तान, अफगानिस्तान, ओमान र श्रीलंका छन् । नेपाल टोलीले कात्तिक २८ गते भारतसँग खेल्ने छ ।
नेपाल टोलीले कात्तिक ३० गते हङकङ र मंसिर २ गते बंगलादेशसँग खेल्ने छ । सोमबार विकेटकिपर विनोद भण्डारीसँगै, दीपेन्द्र सिंह ऐरी, इशान पाण्डे, करण केसी, ललित नारायण राजवंशी, आरिफ शेख, पवन सरार्फ, सोमपाल कामी र एनालिष्ट रमन शिवाकोटी जाँदै छन् ।
मंगलबार प्रशिक्षक उमेश पटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, सहायक प्रशिक्षक दीपेन्द्र प्रताप सिंह र फिजियो बिक्रम न्यौपाने जाने छन् । बुधबार कुशल भुर्तेल, सन्दीप जोरा, अभिनास बोहोरा, सुसन भारी, रोहित कुमार पौडेल र म्यानेजर प्रशान्त बिक्रम मल्लको टोली जाने क्यानले जनाएको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]