6 years ago
November 11, 2019
काठमाडौं (हाम्रो खेलुकद) – नेपाली राष्ट्रिय यू१९ टोली भारतको यू १९ सी टोलीसँग च्यालेन्जस सिरिजको पहिलो खेलमा १० विकेटले पराजित भएको छ ।

सोमबार नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य भारतको यू१९ सी ले २१.१ ओभरमा विना विकेटको क्षतिमा सहजै पुरा गर्यो । भारतको जितमा ओपनर दिव्यांश अजय कुमार सक्सेना ५२ र अर्जुन अजाद ६७ रनमा अविजित रहे । सक्सेनाले ६० बलमा ५ चौका प्रहार गरे । अर्जुनले ६७ बलमा ९ चौका र १ छक्का गर्दै सहज जित पक्का गरे । नेपालले ६ बलर प्रयोग गरेपनि कुनै विकेट हात पार्न सकेन ।
टस जितेर ब्याटिङ थालेको नेपाल ३२.१ ओभरमा अल आउट हुँदै १ सय १६ रनमा समेटिएको थियो । नेपालको लागि सिनियर टोलीबाट खेलि सकेका कुशल मल्लले सर्वाधिक २६ रन जोडे। दोस्रो ओभरको पाँचौ बलमा कप्तान रित गौतमलाई विद्याधर पटेलले ५ रनमा बोल्ड आउट गरेका थिए । छैटौं ओभरको चौथो बलमा पटेललेनै खडक बहादुर बोहोरालाई १० रनमा क्याच आउट गराए । खडकले १४ बलमा २ चौका प्रहार गरे । सातौ ओभरको दोस्रो बलमा लोकेश १० रनमा क्याच आउट हुन पुगे । चौथो विकेटका लागि कुशल मल्ल र अरुण ऐरीले ३८ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए ।
तर १६ ओभरको तेस्रो बलमा ऐरी मुजतबा यूसूफे १३ रनमा कुमार कशाग्रबाट क्याच आउट हुन पुगे । ऐरीले ३१ बलमा १ चौका प्रहार गरे । १७ ओभरको पहिलो बलमा कुशल मल्ल स्टम्पिङ आउटको शिकार हुन पुगे । कुशलले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै विकेटकीपर हरि बहादुर चौहान ७ रनमा क्याच आउट भए ।
शेर मल्लले २६ बलमा १ चौका सहित १६ र प्रतिस जिसीले २९ बलमा २ चौका सहित ११ रन जोडे । आकश चन्द र सागर ढकालले समान ४ रन जोडे । भारतका लागि विद्याधर पटेल, मुजतबा यूसूफ,चिन्तला रक्शनन रेड्डी, शुभांग सामर्थ हेगडेले र रवि रोशन राम सिंहले २-२ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]