6 years ago
November 11, 2019
काठमाडौं(हाम्रो खेलकुद) – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग पोखरा ११ पराजित भएको छ । सोमबार एमसीसीले पोखरा ११ लाई ४२ रनले हराएको हो । १ सय ६२ रनको विजयी लक्ष्य पछ्याएको पोखरा ११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १९ रन मात्र बनाउन सक्यो ।
पोखरा ११ को लागि दीपेश खत्रीले ४५ रनको अविजित योगदान दिए । गोविन्द प्रधान २५, अलिन गुरुङ १६ र विधान श्रेष्ठले ६ रन जोडे । एमसीसीका एड योङ, माइलस हामान्ड र विल रोड्सले समान २ विकेट लिए । त्यस अघि टस हारेर ब्याटिङ थालेको एमसीसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो ।
एमसीसीका क्यालुम ज्याक्सन १३, जिमी एडम्स २९, विल भानडरसपार ६ यासिर अराफातले ३९ रन जोडे । अराफतले १ चौका र ४ छक्का प्रहार गरेका थिए । पोखरा ११ को लागि अमृत गुरुङ र गोविन्द प्रधानले समान ३ विकेट लिए । त्यस्तै दीपेश खत्रीले १ र सुवास भण्डारीले २ विकेट लिए । खेलमा म्यान अफ द म्याच बनेका यासिर अराफतले आफ्नो ट्रर्फि दीपेश खत्रीलाई दिएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]