default_image

6 years ago

November 12, 2019

नेपालविरुद्ध खेल्ने टोलीमा बंगलादेशका ५ सिनियर खेलाडी

210 views

0 Bookmark

एजेन्सी – घरेलु टोली बंगलादेशले विहीबार देखी सुरु हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि सिनियर टोलीका ६ खेलाडीलाई समेट्दै बलियो टोली घोषणा गरेको छ ।

बंगलादेशले दुई दिन अघि सम्पन्न भारतसँगको तीन टि ट्वान्टी सिरिजमा रहेका सौम्य सरकार, मोहम्मद नइम शेख सहित ५ खेलाडी इमर्जिङ टोलीमा छन् । जसको कारण बंगलादेश उपाधिको दाबेदार देखिएको छ ।

भारतविरुद्ध उत्कृष्ट प्रर्दशन गरेका मोहम्मद नइम शेख इमर्जिङ टोलीमा छन् । नइम सहित,सरकार, आबु हैदर रोनी, अमीनुल ईस्लाम विप्लव,अफिफ हुसैन आइतबार सम्पन्न भारतसँगको तीन टि ट्वान्टी सिरिजमा बंगलादेशको टोलीमा थिए । २० वर्षिय युवा नईमले भारतविरुद्ध तीनै खेलमा उत्कृष्ट प्रर्दशन गरे ।

बायाँ हाते नईमले भारतसँगको पहिलो टि ट्वान्टी खेलमा डेब्यू गर्दै सुरुवाती २६ रन जोड्दै टोलीलाई ऐतिहासिक जित दिलाएका थिए । दोस्रो खेलमा भारतविरुद्ध ३६ रन जोडेका नइमले तेस्रो खेलमा ८१ रन जोड्दै सनसनी मच्चाएका थिए । ८१ रन जोड्न ४८ बलमा १० चौका र २ छक्का प्रहार गर्दै एक समय बंगलादेशलाई जित नजिक पुर्याएका थिए । युवा ओपनर नइम ठूला सट प्रहार गर्न माहिर छन् । बंगलादेश क्रिकेट बोर्डले टेष्ट तथा ओडीआई खेलि सकेका नाजमुल हुसेन शान्टोलाई कप्तानीको जिम्मेवारी दिएको छ ।

सरकार बंगलादेशको सिनियर टोलीको महत्वूर्ण अलराउन्डर हुन् । उनले १५ टेष्ट, ५५ ओडीआई र ४६ टि ट्वान्टी आई खेलेका छन् । २८ टेष्ट इनिङमा १ शतक र ४ अर्ध शतक सहित कुल ८ सय १८ रन बनाएका छन् । त्यस्तै उनले ओडीआईमा २ शतक र ११ अर्ध शतक सहित १७ सय २८ रन जोडेका छन् । जसमा उत्कृष्ट प्रर्दशन १ सय २७ रन अविजित रहेको छ । टि ट्वान्टीमा सरकारले ७ सय ९१ रन जोडेका छन् ।

कप्तान नाजीमुलले बंगलादेशबाट २ टेष्ट, ३ ओडीआइ र २ टि ट्वान्टी आई खेलेका छन् । मध्य गतिका बलर आबू हैदर रोनीले २ ओडीआई र १३ टि ट्वान्टी आई खेलेका छन् । त्यस्तै लेग स्पिनर अमीनुल इस्लाम विप्लवले ४ टि ट्वान्टी आई खेलेका छन् । उनले भारतसँगको हालै सकिएको तीन टि ट्वान्टी सिरिजमा पहिलो र दोस्रो खेलमा २–२ विकेट लिएका थिए ।

बायाँ हाते अलराउन्डर अफीफ हुसैन ८ टि ट्वान्टी आई खेलेका छन् । उनी तल्लोक्रममा ठूला सटका लागि परिचित छन् । सिनियर टोलीबाट खेलेका ६ खेलाडी बाहेक सबैमा प्रथम श्रेणीको अनुभव छ ।

बंगलादेश र नेपाल एकै समुहमा छन् । इमर्जिङ एसिया कप कात्तिक २८ देखी मंसिर ७ सम्म बंगलादेशमा चल्ने छ । समुह बी मा नेपाल सहित बंगलादेश, भारत र हङकङ रहेका छन् । समुह ए मा ओमान, पाकिस्तान, अफगानिस्तान र श्रलिंका समुह ए मा छन् । नेपालले पहिलो खेल भारतसँग कात्तिक २८ मा खेल्ने छ । त्यस्तै हङकङसँग कात्तिक ३० र बंगलादेशसँग मंसिर २ मा खेल्ने छ । बंगलादेशले कात्तिक २८ मा हङकङ र कात्तिक ३० मा भारतसँग खेल्ने छ ।

बंगलादेशको टोली :

नजमुल हुसैन शान्टो(कप्तान), मोहम्मद नइम शेख, यासिर अली चौधरी, अफिफ हुसैन, जाहिर हसन, मिनहाजुल आबेदीन अफ्रिदी, अमीनुल इस्लाम विप्लव, सौम्य सरकार, तानबीर इस्लाम, महमुद हसन, मेहेदे राना, सुमन खान, महिदुल इस्लाम भुइयान, आबू हैदर रोनी र महदी हसन

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.