6 years ago
November 12, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले एमसीसी इमर्जिङ टिम्स एसिया कपमा टेष्ट राष्ट्रसँग खेल्न पाउनु अवसर रहेको बताएका छन् ।

मंगलबार बंगलादेश पुगेका कप्तान ज्ञानेन्द्र मल्लले हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘हामीले अवसर पाएका छौं, त्यो अवसरलाई सदुपयोग गर्न जरुरी छ । भारत, बंगलादेश, पाकिस्तान जस्ता टेष्ट टोलीसँग बारम्बार खेलिराख्न पाइदैन । पूर्णरुपमा अवसरलाई सदुपयोग गर्नुपर्छ’, कप्तान ज्ञानेन्द्रले भने ।
‘टिम पनि युवा छ,अनुभव बटुल्ने र कसरी टप प्रतिस्पर्धा दिन सकिन्छ । हामी सबैको लागि ठूलो अवसर हो । राष्ट्रिय टिमको ढोका ढक्कढकाई रहेका खेलाडीलाई पनि यो राम्रो अवसर हो । हामी ओडीआईमा पनि अघि बढ्ने । फ्रम्यार्ट खेल्न गाह्रो नपर्ला, मलाई लाग्छ ५० ओभरको खेल्न कठिन पर्छ जस्तो लाग्दैन’, ज्ञानेन्द्रले भने ।

एसीसीले मंगलबार इमर्जिङ एसिया कपको ट्रफी पनि सार्वजनिक गरेको छ । नेपालका कप्तान ज्ञानेन्द्र सहित,बंगलादेश, ओमान, अफगानिस्तान, श्रीलंका, पाकिस्तान र हङकङका कप्तान उपस्थित थिए ।
इमर्जिङ कप कात्तिक २८ देखि मंसिर ७ सम्म बंगलादेशमा चल्ने छ । समुह ‘बी’ मा रहेको नेपालले कात्तिक २८ मा भारत, कात्तिक ३० मा हङकङ र मंसिर २ गते बंगलादेशसँग खेल्ने छ । समुह ‘ए’ मा पाकिस्तान, अफगानिस्तान, ओमान र श्रीलंका छन् । दुवै समुहमा शीर्ष दुई दुई टोली सेमिफाइनलमा पग्ने छ ।

नेपाली टोलीका सबै सदस्य बुधबार सम्ममा बंगलादेश पुग्ने छन् । टिकट नपाउँदा ९ जना सोमबार र ५ जना मंगलबार बंगलादेश गएका छन् । बुधबार ६ जना बंगलादेश जाने छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]