6 years ago
November 13, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू१९ टोलीले भारतको हैदराबादमा जारी यू१९ एकदिवसिय च्यालेन्जर ट्रर्फिमा भारत ए विरुद्ध पहिला बलिङ गर्ने भएको छ ।

राजिव गान्धी इन्टरनेशनल स्टेडियम हैदराबादमा कप्तान रित गौतमले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । नेपाली टोलीमा एक परिवर्तन भएको छ । भारत सी विरुद्ध खेलेका लेग स्पिनर तिलक राज भण्डारीको स्थानमा अलराउन्डर विशाल बिक्रम केसी आएका छन् । पहिलो खेलमा भारत सी विरुद्ध तिलकले ४ ओभर बलिङ गर्दै २८ रन खर्चिएका थिए ।
उक्त खेलमा नेपाल जम्मा १ सय १६ रनमा अलआउट भएको थियो । नेपाल पहिलो खेलमा भारत सी सँग १० विकेटले पराजित भएको थियो । भारत ए भने भारत बी सँग ६ विकेटले पराजित भएको थियो । आजको खेलमा प्रशिक्षक विनोद दासले विशाललाई टोलीमा समेट्दै ब्याटिङलाई बलियो बनाउन खोजेका छन् । स्पिनरका रुपमा सागर ढकाल र शेर मल्लसँगै अलराउन्डरद्वय कुशल मल्ल र अरुण ऐरी पनि रहेका कारण ब्याटिङ सुदृढ पार्न खोजिएको हो ।

विशालले मध्यक्रममा ब्याटिङ गर्दै आएका छन् । उनको आगमनसँगै नेपालको तल्लोक्रममा पनि केहि सहयोग पुग्नेछ । ओपनर रित गौतम र लोकेश बम रहनेछन् । त्यसपछि खडकबहादुर बोहोरा, हरिबहादुर चौहान र विशालले मध्यक्रम सम्हाल्नेछन् । दुई अलराउन्डरसंगै तीव्र गतिका बलर आकाश चन्द र प्रतिष जिसी पनि ठूलो सट खेल्ने क्षमता राख्दछन् ।
नेपाली टोली :
रित गौतम(कप्तान), लोकेश बम, खडक बहादुर बोहोरा, हरि बहादुर चौहान, अरुण ऐरी, कुशल मल्ल, प्रतिस जिसी, शेर मल्ल, आकश चन्द, सागर ढकाल र विशाल विक्रम केसी
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]