default_image

6 years ago

November 13, 2019

‘टोलीकै लागि आक्रामक शैलीमा परिवर्तन ल्याएँ’ – विनोद

202 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – विनोद भण्डारी भन्ने बितिक्कै नेपाली समर्थकमाझ आक्रमक ब्याटिङको झझल्को आउँछ । पछिल्लो समय भने विनोदले आफ्नो खेल्ने शैली परिवर्तन गर्दै टोलीको आवश्यकताअनुसार खेल्दै आएको बताएका छन् ।

पछिल्लो समय राम्रो लयमा रहेका विनोदले आफ्नो खेल्ने शैलीलाई पनि परिवर्तन गरेका छन् । पहिला सुरुवात देखिनै आक्रमक ब्याटिङ गर्ने भण्डारीले पछिल्ला प्रतियोगितामा समय लिएर अन्त्यमा आक्रमक ब्याटिङ गर्न थालेका छन् । ‘ पहिला करीअरको सुरुवातमा क्रिजमा जाने बितिकै आक्रामक खेल्थें । त्यहि ठिक छ जसो लागेर अगाडी बढें । आफुलाई पहिला समय दिएको थिइन । चौका छक्का हान्दा रमाइलो लाग्थ्यो । समर्थकले कराउँदा झनै छक्का हान्न मन पर्थ्यो,’ विनोदले भने ।

‘ओमान टुर अघि कोचसँग बसेर कुरा गरेको थिए । अहिले प्रशिक्षकको सल्लाहअनुसार खेलमा केहि परिवर्तन गरेको छु । राम्रो प्रदर्शन पनि भइरहेको छ,’ उनले थपे, ‘ पहिला यसरी भन्ने कोहि नभएर पनि होला । टोलीले सफलता हात पर्छ भने आफ्नो खेल्ने शैलीमा परिवर्तन गर्न तयार हुनुपर्छ । व्यक्तिगतभन्दा टोलीको बारेमा सोच्नु पर्छ । धोनीले पनि करीअर अगाडी गएसँगै आफूलाई परिवर्तन गरे । प्रयास गर्ने हो आफ्नो तर्फबाट । ‘

विकेटकीपरका क्यापमा हुँदा धेरै मिहिनेत गर्ने गरेको विनोद बताउछन् । तर घरेलु प्रतियोगितामा भने युवा खेलाडीलाई मौका दिँदा केहि गाह्रो भएको उनको बुझाइ छ । ‘ घरेलु क्रिकेटमा पनि अब आफुले किपिङ गर्नेछु । घरेलु प्रतियोगितामा अरुलाई दिँदा अलिक कठिन हुने रहेछ त्यसैले अब आफैं गर्छु’, विनोदले भने ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीमा विकेटकीपर ब्याट्सम्यानको भूमिका निर्वाह गरिरहेका विनोदले भारतीय टोली हो भन्दैमा धेरै सोच्न आवश्यक नरहेको बताए । एसीसी इमर्जिङ एसिया कपको लागि बंगलादेशमा अभ्यासको क्रममा रहेका विनोदले यस्तो बताएका हुन् । ‘ टेस्ट राष्ट्र  भनेपनि अधिकांश खेलाडी २३ वर्ष वरपरका छन् । हामी सिनियर हौं । जसरी पनि सिनियर टोलीले राम्रो खेल्नैपर्छ । पारस र सन्दीप नभएको बेला राम्रो गरे खेलाडी माथि पनि आउछन्,’ विनोदले थपे ।

टि टेन र इमर्जिङ एसिया कपको मितीसँगै परेको हुँदा पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने टोलीमा छैनन् । प्रमुख दुई खेलाडी टोलीमा नहुँदा नेपालले कस्तो प्रर्दशन गर्ला सबैले चाखको रुपमा लिएका छन् । बुधबार अभ्यासको क्रममा रहेका भण्डारीले भारतसँग खेल्नुअघि तयारी राम्रो भएको बताए । ‘बंगलादेशमा तयारी राम्रो भयो । पुरा टिमसँग अभ्यास भने भएन । खेलाडी तीन पटक गरेर आउन पर्यो । अभ्यासमा बंगलादेशका बलर पनि थिए । बंगललादेशको ठिक ठाक पिच पनि हाम्रो लागि धेरै राम्रो हुन्छ’,उनले भने ।

‘युवा खेलाडीले आफुलाई प्रमाणित गर्ने हो भने ब्याटिङ राम्रो हुने विनोद बताउछन् । टिम राम्रो छ । सिनियर खेलाडीको रुपमा म, ज्ञानु दाई र शरदनै त हो नि,अरु त सबै युवानै छन् । सबै प्रर्दशन गरेर आएका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.