default_image

6 years ago

November 14, 2019

भारतविरुद्ध पवनको आक्रमक अर्धशतक

184 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – युवा अलराउन्डर पवन सरार्फले एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत विरुद्ध अर्ध शतक प्रहार गरेका छन् ।

अन्य ब्याट्सम्यान रन जोड्न संघर्ष गरि रहेका वेला पवनले भने खुलेर खेल्दै अर्ध शतक पुरा गरेका हुन् । ४१ ओभरको पहिलो बलमा यश रथोडलाई चौका प्रहार अर्ध शतक पुरा गरेका हुन् । उनले अर्ध शतक ३९ बलमा पुरा गरेका हुन् । उनको यो सिनियर टोलीबाट पहिलो अन्तर्राष्ट्रिय अर्ध शतक समेत हो ।

पवन ४२ बलमा ७ चौका र २ छक्का सहित ५२ रनमा खेलि रहेका छन् । पवनलाई करण केसीले ४ रनमा साथ दिएका छन् । टस हारेर ब्याटिङ थालेको नेपालले ४१ ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन जोडेको छ ।

शरद भेषवकर ४४, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरी २४ रन जोड्न बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल डक आउट भए । भारतका सौरभ दुबे, पार्थ रेखाडे र यश राथोडले समान २ विकेट लिएका छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.