6 years ago
November 14, 2019
ढाका (हाम्रो खेलकुद) – युवा अलराउन्डर पवन सरार्फले अर्ध शतक प्रहार गरेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी इमर्जिङ एसिया कपमा भारतलाई १ सय ९४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको नेपाल ४४.५ ओभरमा अलआउट हुँदै १ सय ९३ रनमा समेटियो । एक समय कमजोर अवस्थामा रहेको नेपाललाई पवनले उत्कृष्ट ब्याटिङ गर्दै प्रतिस्पर्धात्मक योगफल सम्म पुर्याएका हुन् । पवनले ४९ बलमा ७ चौका र २ छक्का सहित ५६ रनको योगदान दिए । पवनले ४१ ओभरको पहिलो बलमा यश राठोडलाई चौका प्रहार गर्दै सिनियर टोलीको लागि आफ्नो पहिलो अर्ध शतक पुरा गरेका थिए । उनले ३९ बलमा अर्ध शतक पुरा गरेका हुन् । ४५ ओभरको तेस्रो बलमा सौरभ दुबेले पवनलाई एलवीडब्लू आउट गरेका थिए ।
पहिलो ओभरको दोस्रो बलमा कप्तान ज्ञानेन्द्र मल्ल शून्यमा आउट भए । पहिलो बलमै एलबी डब्लूको आउटको अपिल गरेका दुबेले दोस्रो बलमा मल्ललाई बोल्ड आउट गरेका थिए । दोस्रो विकेटका लागि शरद र कुशल भुर्तेलले १ सय ४ बलमा ५४ रनको साझेदारी गर्दै नेपाललाई सरुवाती संकट टारेका थिए ।

१८ ओभरको चौथो बलमा पार्थ रेखाडेले बोल्ड आउट गर्नुअघि यसै खेलबाट नेपाली टोलीमा डेब्यू गरेका कुशलले ६० बलमा ४ चौका सहित २८ रनको योगदान दिए । पार्थले नै २० ओभरको पहिलो बलमा आरिफ शेखलाई २ रनमा क्याच आउट गराए । २९ ओभरको दोस्रो बलमा यश राठोडले सिद्धार्थ देसाईबाट उप कप्तान दीपेन्द्र सिंह ऐरीलाई २४ रनमा क्याच आउट गराए । ऐरीले ३१ बलमा ३ चौका प्रहार गरे ।
चौथोविकेटका लागि शरद र दीपेन्द्रबीच ४४ रनको साझेदारी भएको थियो । दीपेन्द्र आउट भएको चार बल पछि शरद ४४ रनमा एलबी डब्लू आउट हुन पुगे । शरदले ७६ बलमा समान १ चौका र छक्का प्रहार गरे । ३४ ओभरको पाँचौ बलमा विनोद भण्डारीलाई ५ रनमा सिद्धार्श देसाईले क्याच आउट गराए । सौरभ दुबेले सोमपाल कामीलाई २ रनमा आउट गर । करण केसीले १६ बलमा समान १ चौका र छक्का सहित २० रनको योगदान दिए ।

भारतका लागि सौरभ दुबेले ७.५ ओभरमा १ मेडन सहित २६ रन खर्चेर ४ विकेट लिए । यश राठोडले ६ .३ ओभरमा ३८ रन खर्चेर ३ विकेट लिए । पार्थ रेखाडे २ र सिद्धार्थ देसाईले १ विकेट हात पारे ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]