6 years ago
November 14, 2019
काठमाडौं(हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली सागको लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ विहीबार रुविना क्षेत्री बेलवासेको कप्तानीमा १५ सदस्य टोली घोषणा भएको हो ।
घोषणा टोलीमा वुमन्स च्याम्पियन्स लिग(डब्लूसिएल)मा उत्कृष्ट अलराउन्डर प्रर्दशन गरेकी सुमन खतिवडा(शान्ती) ले पहिलो पटक टोलीमा स्थान बनाएकी छिन् । अन्य भने नेपाली टोलीमा पुरानै अनुहार रहेका छन् ।
महिला टोलीका प्रशिक्षक जगत बहादुर टमटा, राष्ट्रिय खेलकुद परिषद(राखेप) का प्रशिक्षक श्यामसन जंग थापा र राखेपका समन्वय समितीका सदस्य सुमन राजकार्कीको टोलीले टोलीले खेलाडी छनोट गरेको हो ।
खेलाडीको प्रर्दशन, अुनशासन, विगतमा अन्तर्राष्ट्रिय स्तरमा गरेको प्रर्दशन, फिटनेश र खेलाडीको धारणालाई लिएर टोली घोषणा गरेको छनोट समितीले जनाएको छ । साग मंसिर १५ देखी २४ सम्म काठमाडौं र पोखरामा चल्ने छ । महिला टोलीले पोखरामा प्रतिस्पर्धा गर्ने छ ।
सागको लागि महिला टोली
रबिना क्षेत्री बेलबासे(कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, ममता चौधरी, सरस्वती चौधरी, अन्जली चन्द, सरिता मगर, सुमन खतिवडा (शान्ति), रोमा थापा, डलि भट्ट र कविता कुँवर ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]