default_image

4 years ago

November 15, 2019

दिल्लीले बेच्यो दुई लेग स्पिनर, सन्दीपलाई फाइदा !

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा ठूलो फेरबदल गरेको छ । आगमी संस्करणको आईपीएलको अक्सन अघि दिल्लीले टोलीमा साटफेर गरेको हो । दिल्लीले केहि दिन अघि पञ्जावका कप्तान रविचन्द्रन आश्विनलाई टोलीमा भित्र्याएको थियो । दिल्लीले राजस्थान रोयल्सका अजिंक्या रहाणेलाई पनि टोलीमा भित्र्याएको छ । रहाणेको आगमनले दिल्लीको मध्यक्रम […]

54 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को फ्रेन्चाइज टोली दिल्ली क्यापिटल्सले आफ्नो टोलीमा ठूलो फेरबदल गरेको छ ।

आगमी संस्करणको आईपीएलको अक्सन अघि दिल्लीले टोलीमा साटफेर गरेको हो । दिल्लीले केहि दिन अघि पञ्जावका कप्तान रविचन्द्रन आश्विनलाई टोलीमा भित्र्याएको थियो । दिल्लीले राजस्थान रोयल्सका अजिंक्या रहाणेलाई पनि टोलीमा भित्र्याएको छ ।

रहाणेको आगमनले दिल्लीको मध्यक्रम बलियो बन्ने अनुमान गरिएको छ । अजिंक्यालाई टोलीमा ल्याउन दिल्लीले आफ्ना दुई लेग स्पिनर मंयक मरकान्डे र राहुल तेवतियालाई राजस्थान रोयल्सलाई बेचेको छ ।

गत वर्ष दिल्लीको शीर्षक्रम बलियो देखिएपनि मध्यक्रमले कमजोर प्रर्दशन गरेको थियो । त्यसैको कारण रहाणेलाई दिल्लीले टोलीमा भित्र्याएको हो । रहाणेले गत संस्करणको आईपीएलमा १३ खेलमा १ शतक सहित ३ सय ९३ रन बनाएका थिए । मारकन्डेलाई दिल्लीले यसै वर्ष मुम्बइ इन्डियन्सबाट किनेको थियो । चार लेग स्पिनर रहेको दिल्लीले दुईलाई बेच्दा नेपाली सन्दीप लामिछानेलाई भने फाइदा हुने छ ।

अब दिल्लीमा लेग स्पिनरको रुपमा सन्दीप र अमित मिश्रा रहेका छन् । सन्दीपले टोलीमा धेरै खेल खेल्ने पाउने संभावना बढेको छ । आइपीएल अक्सन आगमी पुष ३ मा कोलकत्तामा हुदै छ । त्यस अघि सबै फ्रेन्चाइज टोलीमा खेलाडी साटफेर तीब्र रुपमा बढाएका छन् । त्यस अघि दिल्लीले तीब्र गतिका बलर ट्रेन्ट बोल्टलाई पनि बेचेको छ । बोल्टलाई मुम्बईले किनेको छ ।

त्यस्तै राजस्थान रोयल्सले किंग्स इलाभेनका तीब्र गतिका बलर अंकित राजपुतलाई टोलीमा भित्र्याएको छ । राजस्थान रोयलसले गौतम कृष्णाप्पा र धवन कुलकर्णीलाई पनि बेचेको छ । कुलकर्णी मुम्बई गएका छन् । गौतम किंग्स इलाभेन पञ्जावबाट आगमी संस्करणको आईपीएल खेल्ने छन् ।

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

April 25, 2024

आरिफ वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टोलीमा समावेश

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले १६ सदस्यीय टोली घोषणा गरेको छ । एसीसी प्रिमियर कपका लागि ओमान पुगेको टोलीमा ब्याटर आरिफ शेखलाई समेट्दै १६ सदस्यीय टोली घोषणा गरिएको हो । युवा बलर आकाश चन्द पनि वेस्ट इन्डिज ए सिरिजमा छन् । उनी ओमानमा […]

April 24, 2024

गुजराजविरुद्ध दिल्लीको रोमान्चक जित

एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा बुधबार गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित हासिल गरेको छ । २ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए […]

Success

Thank you for your time.