6 years ago
November 15, 2019
एजेन्सी – भारतको हैदरावादमा जारी यू१९ च्यालेन्जर एक दिवसिय सिरिजमा नेपालले भारत बी विरुद्ध राम्रो सुरुवात गरेको छ ।

नेपालले प्रस्तुत गरेको २ सय ११ रनको विजयी लक्ष्य पछ्याएको भारत बी ले २५ ओभरमा ४ विकेट गुमाउँदै ९२ रन जोडेको छ । उसका विकेटकीपर कृष्ण सिट्टी ६ र दिब्यंश जोशी १८ रनमा खेलि रहेका छन् । पहिलो ओभरको पाँच बलमा आकश चन्दले ओपनर सिद्धेश अशोक बिरलाई विशाल विक्रम केसीबाट क्याच गराउँदै १ रनमा क्याच आउट गराए ।
पाँचौ ओभरको पाँचौ बलमा आकशलेनै यश विजयलाई ६ रनमा एलबी डब्लू आउट गरे । १८ ओभरको अन्तिम बलमा स्पिनर कुशल मल्लले सुरेन्द्र कुमारलाई २८ रनमा तृतराज दासबाट क्याच आउट गराए । उनले ४१ बलमा २ चौका प्रहार गरे । लगत्तै १९ ओभरको दोस्रो बलमा सागर ढकालले हर्ष राजेश जमवललाई २९ रनमा क्याच आउट गराएपछि नेपालले राम्रो सुरुवात गरेको हो । उनले ४८ बलमा ५ चौका प्रहार गरे ।
नेपालका तीब्र गतिका बलर आकश चन्दले २, स्पिनर कुशल मल्ल र सागर ढकालले १-१ विकेट लिई सकेका छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]