default_image

6 years ago

November 15, 2019

पारसले टि१०मा डेब्यू गर्ने सम्भावना

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – यूएईमा शुक्रबारदेखि टि१० लिग सुरु हुँदैछ । लिगमा नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का र सन्दीप लामिछानेको सहभागिता रहेको छ ।

पारस टिम अबु धाबी र सन्दीप लामिछाने कर्नाकट टस्कर्सबाट टि१० लिग खेल्ने छन् । दुबै खेलाडी आफ्नो टोलीसँग जोडिएर अभ्यास गरि सकेका छन् । पारस सम्मिलित टिम अबुधाबीले आज पहिलो खेलमा कलन्दर्ससँग खेल्दै छ । खेल १०:४५ बाट यूएईको शेख जायद स्टेडियममा सुरु हुने छ । पारस पहिलो खेलमै पहिलो रोजाईमा पर्ने संभावना बलियो छ ।

पारसले टि ट्वान्टीमा ब्याटिङमा ओपनिङ र मध्यक्रम दुवैतर्फ नेपालबाट खेलिसकेका छन् । पारस ओपनिङमा अझ बढि सफल भएको पाइन्छ । पारसले नेपालको ओपनिङ सुधार गर्नको लागि गत माघमा यूएईसँगको टि ट्वान्टी सिरिजदेखि ओपनिङमा आएका थिए । दुई महिना अघि सिंगापुरविरुद्ध लक्ष्य पछ्याउने क्रममा १ सय ६ रन जोड्दै विश्वकीर्तिमान समेत रचेका थिए । पारसले पार्ट टाइम बलरको रुपमा मध्य र स्पिन बलिङ गर्ने गर्छन ।

पारसको टोलीमा इंग्ल्यान्डका अलराउन्डर मोइन अली आइकन खेलाडी हुन् । पारसले ओपनिङनै गर्ने संभावना छ । टि टेन भएको कारण सुरुवाती बल देखिनै आक्रमक खेल्नुपर्ने हुन्छ । त्यसैले ब्याटिङअडरमा खासै फरक पर्ने छैन । अलराउन्डर लुक राईट र श्रीलंकाली विकेटकीपर निरोशन डिकवेलाको स्थान पक्का जस्तै छ । बायाँ हाते कोरी एन्डरसन मध्यक्रम ब्याटिङ समाल्ने छन् । टि टेनमा एक बलरले दुई ओभर बलिङ गर्ने हुँदा टोलीमा धेरै अलराउन्डर हुने छन् ।

अर्कोतर्फ पारसले नेपाली टोलीमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् । पारसको लय पनि उत्कृष्ट छ । एसोशिएट स्टारको रुपमा परिचित पारसको नेतृत्व क्षमता पनि उत्कृष्ट छ । टिम अबुधाबीमा ठूला नाम गरेका कुनै पनि ओपनर छैनन् । धेरै खेलाडीले नियमित आफ्नो देशबाट पनि खेलका छैनन् । त्यसैले पारसको संभावना बलियो देखिन्छ ।

उता कलन्दर्सको टिममा पाकिस्तानका पुर्व कप्तान शाहिद अफ्रिदी आइकन खेलाडी रहेका छन् । इंग्ल्यान्डका डेविड मालन टोलीका कप्तान हुन् । क्रिस जोर्डन, टम ब्यान्टन, मोहम्मद हफिज, लाहिरु कुमारा, मुजिव उर रहमान, फहिम असरार्फ, इमाद वासिम र लुकी रोन्ची जस्ता ठूला नाम गरेका खेलाडी छन् ।

टिम अवुधाबीको पूर्ण टोली :

लुकी राइट, बेन लाफलिन, मोहम्मद आमिर, हेरि गुर्नी, मोइन अली(आइकन), लुइस ग्रेगरी, निरोशन डिकवेला (विकेटकीपर), एलेक्स डभिस, कोरी एन्डरसन, रोहन मुस्तफा, पारस खड्का, रिचर्ड ग्लासेन, रामिज शहजाद र हेडन वाल्श ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.