6 years ago
November 18, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को को लागि साविक विजेता मुम्बई इन्डियन्सले आफ्नो टोलीमा रहने र फुकुवा गर्ने खेलाडी सार्वजनिक गरेको छ ।

मुम्बईले फुकुवा गरेको खेलाडीको सुचिमा भारतीय स्टार खेलाडी युवराज सिंह सहित वेस्ट इन्डिजका युवा खेलाडी जोसेफ अल्जारी सम्म रहेका छन् । मुम्बईले कप्तान रोहित शर्मा, अलराउन्डर हार्दिक पान्ड्या, क्रुनाल पान्ड्या, तीब्र गतिका बलर जसप्रित बुमराह, इशान किशान, सुर्य कुमार यादव,राहुल चाहर र अनोमलप्रित सिंहलाई टोलीमै राखेको छ ।
जयन्त यादव, आदित्य तारे, अनुकुल रोय, धवन कुलकर्णी, क्विन्टन डी कक,काइरन पोलार्ड, शेरफेन रदरफोर्ड, लासिथा मलिङ्गा, मिचेल म्याक्लेनाघन र ट्रेन्ट बोल्टलाई अर्को सिजन खेल्ने टोलीमा सामेल गरेको छ । मुम्बईले बोल्ट र शेरफेन रदरफोडलाई दिल्ली तथा कुलकर्णीलाई राजस्थान रोयल्सबाट किनेको हो ।
वेस्ट इन्डिजका ओपनर इभिन लुईस, एडम मिल्नी, अष्ट्रेलियाका तीब्र गतिका बलर जोशन बेहरेनडोफ, दक्षिण अफ्रिका बेयूरन हेन्डिक्स र बेन कटिङलाई भने मुम्बईले फुकुवा गरेको गरेको छ । भारतीय पुर्व अलराउन्डर युवराज सिंह, बरिन्दर स्रान, राशिख सलमान, पंकज जसवाल र गत वर्ष उत्कृष्ट प्रर्दशन गरेका वेस्ट इन्डिजका तीब्र गतिका बलर अल्जारी जोसेफलाई पनि टोलीमा राखेको छैन ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]