6 years ago
November 15, 2019
एजेन्सी – अलराउन्डर कोरी एन्डरसनले उत्कृष्ट प्रर्दशन गरेपछि टि टेन लिगमा पारस सम्मिलित टिम आबुधाबीले कलन्दर्सलाई १ सय ४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ थालेको टिम अबू धाबीले १० ओभरमा ६ विकेट गुमाउँदै १ सय ३ रन बनायो । कोरी एन्डरसनले २२ बलमा समान ३ चौका र छक्का सहित ४३ रनको योगदान दिए । एन्डरसनलाई क्रिस जोर्डनले अन्तिम ओभरको चौथो बलमा सुल्तान अहमदबाट क्याच आउट गराए । ओपनर निरोसन डिकवेलाले ७ बलमा २ चौका र १ छक्का सहित १७ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । डिकवेलालाई दोस्रो ओभरको तेस्रो बलमा लाहिर कुमाराले क्याच आउट गराए ।
चौथो ओभरको चौथो बलमा कप्तान मोइन अली ७ रनमा क्याच आउट भए । छैटौं ओभरको पहिलो बलमा जोर्डन कलार्कले लुक राइटलाई २० रनमा बोल्ड गरे । उनले १५ बलमा २ चौका र १ छक्का प्रहार गरे । ८ औं ओभरको अन्तिम बलमा लाहिरु कुमाराले लुइस ग्रेगरीलाई ११ रनमा बोल्ड आउट गरे । ग्रेगरी आउट भएसँग पारस ब्याटिङको लागि मैदान छिरेका थिए ।
पारसले ९ औं ओभरको अन्तिम बलमा जोर्डन कलार्कलाई २ रन जोडेका थिए । अन्तिम ओभरको पाँचौ बलमा क्रिस जोर्डनको बल पारसले डट खाए । अन्तिम बलमा पारसले १ रन लिए । पारस ३ बलमा ३ रनमा अविजित रहे । कलन्दर्सका लाहिरु कुमाराले २ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । क्रिस जोर्डन, जोर्डन कलार्क र सीक्कुगे प्रसन्नाले समान १ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]