default_image

4 years ago

November 16, 2019

ज्ञानेन्द्र फेरी दोस्रो बलमा आउट

ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत नेपालले दोस्रो खेलमा हङकङसँग खेल्दैछ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको छ । नेपालले ३ अोभरको खेल सकिँदा दुवै अोपनरको साथ गुमाएको छ । नेपालले ५ रनमात्र जोडेको छ । कप्तान ज्ञानेन्द्र मल्ल लगातार दोस्रो खेलमा दोस्रो बलमा शून्यमा आउट भएका छन् […]

37 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत नेपालले दोस्रो खेलमा हङकङसँग खेल्दैछ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात गरेको छ ।

नेपालले ३ अोभरको खेल सकिँदा दुवै अोपनरको साथ गुमाएको छ । नेपालले ५ रनमात्र जोडेको छ । कप्तान ज्ञानेन्द्र मल्ल लगातार दोस्रो खेलमा दोस्रो बलमा शून्यमा आउट भएका छन् । भारतविरुद्ध पहिलो खेलमा दोस्रो बलमा बोल्ड भएका ज्ञानेन्द्र हङकङविरुद्ध भने क्याच आउट भए । हङकङका कप्तान एजाज खानले उनलाई आफ्नै बलमा क्याच आउट गरेका हुन् ।

ज्ञानेन्द्रले पहिलो बलमा पनि अधिक बाउन्स आएको बलमा सट खेल्न सकेनन् । दोस्रो बल पनि सोहि किसिमको आउँदा ज्ञानेन्द्रले स्ट्रेटतर्फ खेलेको सट सिधै एजाजको हातमा पुगेको थियो ।

यस्तै अर्का अोपनर कुशल भुर्तेल पनि पेभेलियन फर्केका छन् । उनलाई एजाजले नै तेस्रो अोभरमा बोल्ड गरेका हुन् । हाल क्रिजमा दीपेन्द्रसिंह एरी र शरद भेषावकर क्रिजमा रहेका छन् ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.