6 years ago
November 16, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण खेलमा भारतीय क्रिकेट टोलीका पुर्व कप्तान सचिन तेन्दुलकरको टोलीले नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान विनोद दासको टोलीलाई ९ विकेटले हराएको छ ।
टियु क्रिकेट मैदानमा जितको लागि ४५ रनको लक्ष्य पछ्याएको सचिनको टोलीले ६ ओभरमै १ विकेट गुमाउँदै पुरा गर्यो । सचिनले मैदानमा ब्याटिङ, बलिङ र विकेटकीपर तीनै गर्दै समर्थकलाई मनोरञ्जन प्रदान दिए ।
सचिनले ७ रन बनाएर अन्य खेलाडीलाई मौका दिएका थिए । सचिनले १ चौका प्रहार गरे । सचिनले मैदानमा खेलाडीलाई ब्याटिङ र बलिङ दुबै कुरा सिकाई रहेका थिए । विनोद दासले १ विकेट लिए ।
त्यसअघि टस हारेर विनोद दासको टोली रेडले निर्धारित ८ ओभरमा ४ विकेट गुमाउँदै ४४ रन बनाएको थियो । युनिसेफ नेपालले आयोजना गरेको मैत्रीपूर्ण खेलमा सचिन शुक्रबार राती नेपाल आएका थिए । सचिनलाई टियुमा कडा सुरक्षाको ब्यवस्था गरिएको । नेपाल प्रहरी र गार्डले राम्रो सुरक्षा दिएका छन् ।
बालअधिकार सम्वन्बी महासन्धी पारित भएको ३० वर्ष पुरा भएको उपलक्ष्यमा युनिसेफ नेपालले मैत्रीपूर्ण क्रिकेट आयोजना गरेको हो । सचिन युनिसेफका सद्धभावना दुत हुन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]