default_image

4 years ago

November 16, 2019

हङकङमाथि नेपालको सहज जित

ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा नेपालले समूह चरणको दोस्रो खेलमा हङकङमाथि ४० रनको सहज जित दर्ता गरेको छ । बंगलादेशको बीकेएसपीस्थित मैदानमा तीव्र गतिका बलरद्वय करण केसी र अभिनाष बोहोराले उत्कृष्ट सुरुवात दिलाएपछि नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४६ […]

100 views

0 Bookmark

ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा नेपालले समूह चरणको दोस्रो खेलमा हङकङमाथि ४० रनको सहज जित दर्ता गरेको छ ।

बंगलादेशको बीकेएसपीस्थित मैदानमा तीव्र गतिका बलरद्वय करण केसी र अभिनाष बोहोराले उत्कृष्ट सुरुवात दिलाएपछि नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४६ औं ओभरमा १ सय ७७ रनमा समेटियो । नेपालले पहिलो पावरप्लेमै सुरुवाती ४ विकेट लिएको थियो । दोस्रो ओभरको अन्तिम बलमा करण केसीले ओपनर क्यामरन लालचनलाई विकेटकिपर विनोद भण्डारीबाट ४ रनमा क्याच आउट गराए । करणलेनै पाँचौ ओभरको पाँचौ बलमा अशान अलीलाई १० रनमा कट बिहाईन्ड गराए ।

अभिनासले आठौं ओभरको पहिलो बलमा निजाकट खान मोहम्मददाई विनोदबाट ९ रनमा क्याच आउट गराए । दशौं ओभरको अन्तिम बलमा अभिनासले शाहिद वासिफलाई विनोदबाटै १० रनमा क्याच आउट गर्दै पेभिलिएन फर्काए । १२ औं ओभरको अन्तिम बलमा अभिनासले एजाज खानलाई शून्यमा कट बिहाइन्ड गराए ।

एक समय ४७-५ को कमजोर स्थितिमा पुगेको हङकङलाई किन्चित शाह र हारुन अर्षदको ६२ रनको साझेदारीले केहि उकासेको थियो । अर्षद ५१ बलमा १ चौकासहित २६ रन जोड्दै करणको बलमा सर्ट मिड अनमा समातिए । त्यसको केहिबेरमा नै किन्चित पनि विनोदकै हातबाट समातिए । उनलाई सुशन भारिले ५३ रनमा खेल्दा आउट गराए । किन्चितले ८० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

अफताब हुसेन १ रन जोड्दै सुशनको बलमा आरिफद्वारा पहिलो स्लिपमा समातिए । लगत्तै नसरुल्ला राना १० रनको अवस्थामा रनआउट भए ।  एहसान नवाजले नटआउट ४४ रनको योगदान दिँदा रौनक कपुर ९रन जोड्दै रनआउट भए । एहसान र रौनकले अन्तिम विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए । नेपालका लागि करण केसी र अभिनाष बोहोराले ३-३ तथा सुशन भारिले २ विकेट लिए ।

त्यसअघि मध्यक्रमका ब्याट्सम्यान शरद भेषावकर शतकनजिक पुगेर अन्तिम ओभरमा आउट हुँदा नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाउँदै २ सय १७ रन जोडेको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका शरदले ८९ रनको योगदान दिए । अन्तिम ओभरको पाँचौ बलमा ठूलो सट खेल्ने धुनमा मिडअन क्षेत्रमा क्याच आउट हुनुअघि उनले १ सय ३९ बलको सामना गर्दै ९ चौका प्रहार गरे । शरदले आफ्नो इनिङका दौरान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँग दुई महत्त्वपूर्ण साझेदारी गरेका थिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले खराब सुरुवात पाएको थियो । एक समय तेस्रो ओभरमा ३-२ को दयनीय अवस्थामा रहेको नेपाललाई शरद र दीपेन्द्रसिंह ऐरीको तेस्रो विकेटको साझेदारीले उकासेको थियो । नेपालले दुवै ओपनरलाई विपक्षी कप्तान एजाज खानको बलिङमा गुमाएको थियो ।

कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो बलमा एजाजकै हातबाट क्याचआउट हुन पुगेका थिए । लगातार दोस्रो खेलमा दोस्रो बलमा आउट भएका ज्ञानेन्द्रले यस खेलमा पनि खाता खोल्न सकेनन् । उनी यसअघि भारतविरुद्ध पनि दोस्रो बलमा बोल्ड भएका थिए । एजाजको दोस्रो ओभरको पहिलो बलमा अर्का ओपनर कुशल भुर्तेल बोल्ड भए । त्यसपछि दीपेन्द्र र शरदले तेस्रो विकेटका लागि राम्रो साझेदारी गरेका थिए ।

तेस्रो विकेटका लागि दीपेन्द्र र शरदले ८३ रनको साझेदारी गरे । दिपेन्द्रले ६७ बलमा ३ चौका प्रहार गर्दै ३७ रन जोडे । उनी २३ औं ओभरको पाँचौ बलमा अफताब होसेनको बलमा स्टम्पिङ आउट भएका थिए । दीपेन्द्र ब्याटिङ गर्ने क्रममा केहि अगाडी बढ्द अफताबले वाइड बल फ्याँकेपछि विकेटकिपर शहिद वासिफले उनलाई स्टम्पिङ आउट गरेका थिए ।

आरिफ र शरदले चौथो विकेटका लागि ७४ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्कोरतर्फ लम्काएका थिए । आरिफले ४८ बलमा ४२ रन जोडेका थिए । उनले यसक्रममा ३ चौका र ३ छक्का प्रहार गरे । आरिफ स्पिनर एहसान खानको बलमा विकेटकिपरको हातबाट समातिएका थिए । आरिफको विकेट पतनपछि पवन सर्राफ ३ बलमा खाता नखोल्दै पेभेलियन फर्किए । उनले रौनक कपुरको बलमा रिटर्न क्याच दिए ।

विनोद भण्डारी पनि ठूलो सट खेल्ने धुनमा सर्ट मिड विकेटमा क्याचआउट भए । उनले १३ बलमा एक चौकासहित १५ रनको योगदान दिए । करण केसी १२ बलमा ७ रन जोड्दै क्याचआउट भए । सुशन भारीले ६ र ललित राजवंशीले १ रन जोड्दा अभिनाष बोहोरा २ रनमा नटआउट रहे । हङकङका लागि एजाज खानले ३ विकेट लिए भने नसरुल्ला खान र एहसान खानले २-२ विकेट बाँडे । अफताब हुसेन र रौनक कपुरको नाममा १-१ विकेट रहयो ।

यस जितसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना जीवित रहेको छ । हङकङ भने लगातार दोस्रो हारसँगै प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।

April 26, 2024

ब्रेन्सटोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी ब्रेन्सटोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि ब्रेन्सटोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा ब्रेन्सटोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.