6 years ago
November 16, 2019
ढाका (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ब्याट्सम्यान शरद भेषावकरले नेपालले माथिल्लो स्तरको क्रिकेटको बारे सोच्छ भने बंगलादेश जस्ता टोलीलाई हराउनै पर्ने बताएका छन् ।

एसीसी इमर्जिङ टिम्स एसिया कपमा शनिवार नेपालले हङकङलाई ४० रनले हराउँदा शरदले उत्कृष्ट ब्याटिङ गरेका थिए । खराब सुरुवात गरेको नेपाली ब्याटिङलाई शरदले अन्तिम सम्म टिक्दै प्रतिस्पर्धात्मक योगफलमा पुर्याएका थिए । नेपालका सर्वाधिक अनुभवी ब्याट्सम्यान समेत रहेका शरदले हङकङविरुद्ध १ सय ३९ बलमा ९ चौका सहित ८९ रनको योगदान दिए । जितपछि शरदले आफ्नो शतक भन्दा पनि टोलीको जित महत्वपूर्ण रहेको बताएका छन् ।
‘मेरो रन भन्दा पनि लाष्ट सम्म टिक्ने सोच थियो । सुरुमा विकेट खेल्न एकदम गाह्रो थियो । त्यसैले सट छनोट कठिन थियो । पछि अलि सहज भयो । आरिफ र दीपेन्द्रले राम्रो साझेदारी गरे’, शरदले भने । ‘हामीले २ सय ४० सम्मको लक्ष्य राखेका थियौं । तर निरन्तर विकेट गुमाउँदा उक्त लक्ष्यमा पुग्न सकेनौ । दीपेन्द्रलाई मैले सकेसम्म लामो साझ्दारी गर्दै टोलीलाई अघि लैजाउन भनेको थिएँ ।’

‘मेरो शतक भन्दा पनि टिमले जित्नुै महत्वपूर्ण हो । शतकको बारे खासै सोचेको थिइन । अन्तिम तीन चार ओभरमा मैले अलि स्ट्राइक पनि पाइन । त्यसैले पनि अलि फरक पर्यो । त्यो भन्दा पनि टिमले जित्नु महत्वपूर्ण थियो’, शरदले भने । त्यस्तै शरदले बंगलादेशविरुद्ध जितको लागि खेल्ने बताएका छन् । ‘बंगलादेश घरेलु टोली हो र बलियो पनि छ । हामी माथिल्लो स्तरको क्रिकेटको बारे सोच्छौ भने बंगलादेश जस्ता टोलीलाई हराउन सक्नुपर्छ र जसरी भएपनि हराउने प्रयास गर्ने छौं’, शरदले भने ।
नेपालले सोमबार बंगलादेशसँग खेल्ने छ । बंगलादेशसँग अप्रात्यशित जितले मात्र नेपाल सेमिफाइनलमा पुग्दैन,भारत र हङकङबीचको नतिजाले पनि प्रभाव पार्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]