6 years ago
November 16, 2019
एजेन्सी – टि टेन लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित कर्नाटक टस्कर्र्सले विजयी सुरुवात गरेको छ । कर्नाटकले दिल्ली बुल्सलाई १९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

जितका लागि १ सय ११ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन बनायो । दिल्ली बुल्सका एन्जिलो म्याथ्युज २१ बलमा समान २ चौका र छक्का सहित ३१ रनको योगदान दिए । कप्तान इओन मोर्गन २१, कुशल परेरा ९, मोहम्मद उस्मान ८ रन जोड्न बाहेक अन्यले राम्रा प्रर्दशन गर्न सकेनन् । नाथन रिमिंगटनले ३, प्याट्रिक ब्राउन र अहमद राजाले समान २ विकेट लिए । सन्दीप लामिछानेले २ ओभरमा १९ रन खर्चेर १ विकेट लिए ।
सन्दीपले चौथो ओभरको पहिलो बलमै मोहम्मद उस्मानलाई ८ रनम बोल्ड आउट गरे । दोस्रो बलमा एन्जिलो म्याथ्युज लाई डट र तेस्रोमा १ रन दिए । चौथो बलमा कप्तान इओन मोर्गनलाई १ रन दिदा पाँचौ डट र छैटौंमा १ रन खर्चेका थिए । ब्यक्तिगत पहिलो ओभरमा सन्दीपले ३ रन मात्रै खचेका थिए । छैटौं ओभरमा सन्दीप महँगो सावित भए । छैटौं ओभरको पहिलो बलमा मोर्गनलाई १ रन दिए । दोस्रो र तेस्रो बलमा एन्जिलो म्याथ्युजले छक्का प्रहार गरेका थिए । चौथो बलमा २, पाँचौमा डट र अन्तिम बलमा १ रन दिए । सम्रगमा सन्दीपले यस ओभरमा १६ रन खर्चिन पुगे ।
त्यसअघि टस हारेर ब्याटिङ थालेको कर्नाटकले निर्धारित १० ओभरमा ५ विकेट गुमाउँदै १ सय १० रन जोडेको थियो । उसका उपुल थरंगाले २२ बलमा ५ चौका र २ छक्का सहित ४८ रनको योगदान दिए । त्यस्तै शफिकउल्लाह शफिकले ३४,जोशन चाल्र्स १३ र कप्तान हसिम अमलाले ६ रन जोडे । दिल्लीका रवी रामपालले २ विकेट लिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]