6 years ago
November 17, 2019
एजेन्सी – टि टेन लिगमा नर्थन वारियर्सले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान पारस खड्का सम्मिलित टिम आबुधाबीलाई ९३ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ थालेको वारियर्सले १० ओभरमा १ विकेट गुमाउँदै ९२ रन बनायो । नर्थनका लागि विकेटकीपर साम बिलिङ्गस २० बलमा ३ चौका र २ छक्का सहित ३५ रनमा अविजित रहे । त्यस्तै आन्दे रसेलले २७ बलमा ३ चौका र १ छक्का सहित ३७ रनमा अविजित रहे । आन्द्रे र सामले दोस्रो विकेटका लागि अविजित ६३ रनको साझेदारी गरे ।
चौथो ओभरको दोस्रो बलमा बेन लालिनले कप्तान डरेन सामीलाई १७ रनमा बोल्ड आउट गरेका थिए । सामीले १३ बलमा १ छक्का प्रहार गरे । टिम आबुधाबीको लागि बेन लालिनले १ विकेट लिए । अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् । कलन्दर्सविरुद्ध ३ रन जोडेका पारसलाई टिम आबुधाबीले प्लेइङ ११ मा राखेको छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]