default_image

6 years ago

November 17, 2019

जीतबहादुर खड्का स्मृती पाँचपोखरी सुपर-८ को तयारी पूरा

102 views

0 Bookmark

काठमाडौं – तेस्रो संस्करणको जीत बहादुर स्मृती पाँचपोखरी सुपर(८ क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । आइतबार जेनिसिस क्याफे काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आयोजकले तयारी पुरा भएको जनाएको छ ।

प्रतियोगिता सिन्धुपाल्चोक जिल्लास्थित पाँचपोखरीमा मंसिर ११ देखि १४ सम्म चल्नेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ । ४ समूहमा विभाजन गरिने छ । समूह चरणबाट शिर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछ्न । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुनेछ । पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ६ धापमा जन्मिएका पारा ओलम्पिक खेलाडी स्व जित बहादुर खड्काको स्मृतिमा यस प्रतियोगिता गरिदै आएको हो ।

देशको झन्डालाई छातीमा राखेर विभिन्न देशमा नेपालको नाम उच्च राख्न अतुलनीय योगदान पुर्याएका स्व. खेलाडी जितबहादुरको नाम जिवितै रहोस गुमनाश नहोस भन्ने हेतुका साथ यो प्रतियोगिता गरिदै आएको क्लबका संस्थापक अध्यक्ष तथा प्रतियोगिता संयोजक विजय कुमार धितालले बताए । यस्तै पत्रकार सम्मेलनमा अथितिका रुपमा नेपाल क्रिकेट संघ (क्यान) का सचीव अशोकनाथ प्याकुरेल , राष्ट्रिय खेलकुद परिषद (राखेप) का सिनियर प्रशिक्षक तथा महिला क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा , वरिष्ठ अम्पायर विनयकुमार झा , गण्डकी प्रदेश क्रिकेटका सचिव सुमनराज कार्की लगायतको उपस्थिति रहेको थियो ।

क्यानका सचिव अशोकनाथ प्याकुरेलले सिन्धुपाल्चोक जिल्लामा यो किसिमको प्रतियोगिता गर्न लागेको पाउँदा आफुलाई खुशी लागेको बताए । प्याकुरेलले सिन्धुपाल्चोक जिल्लालाई क्यानको जिल्ला भित्र मापदण्ड पूरा गरेर आउन पनि आग्रह गरे । २०७२ सालमा गएको महा-भुकम्पको दौरान आफ्नो ज्यान गुमाएका स्व। खेलाडी जितबहादुर खड्काको स्मृतिमा भईरहेको यो प्रतियोगितालाई सफल पार्न सिन्धुपाल्चोकका क्रिकेट अभियन्ताहरु अजय कुमार धिताल, उत्सब धिताल , बिजय खत्री , राजन धिताल, अजय खत्री लगायतको उल्लेख्य भूमिका रहेको छ ।

प्रतियोगितामा कुल ११ लाख लागत लाग्ने आयोजकले अनुमान गरेको छ । प्रतियोगिताको विजेताले नगद ७५ हजार सहित ट्रफी , प्रमाणपत्र प्राप्त गर्दा उप – विजेताले ३५ हजार नगद सहित ट्रफी प्रमाणपत्र पाउँने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नेक्सस क्रिकेट एकेडेमीको तर्फबाट भारतमा प्रशिक्षणको ब्यबस्था गरिएको छ । थप ३ उत्कृष्ट खेलाडीले काठमाडौंमा रहेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले प्रशिक्षण गर्न पाउने छन् ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.