6 years ago
November 17, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रर्दशनको बाबजुद टि टेन लिगमा कर्नाटक टस्कर्र्स बंगला टाइगर्ससँग ५ विकेटले पराजित भएको छ । १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको बंगला टाइगर्सले ८.५ ओभरमा ५ विकेट गुमाउँदै पुरा गर्यो ।

उसका लागि ओपनर आन्द्रे फ्लेचरले १५ बलमा ५ छक्का र १ चौका सहित ४० रनको योगदान दिए । त्यस्तै अर्का ओपनर रिले रोसोव १० बलमा २ छक्का र १ चौका सहित २२ रन जोडे । ३.२ ओभरमा आन्द्रे र रिलेले ५५ रनको उत्कृष्ट साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । कोलिन इनग्राम ४, थिसेरा परेरा ३ रनमा आउट हुँदा टम मोरेस २८ रनमा अविजित रहे । टमले तल्लोक्रममा ९ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै जित पक्का गरे । सन्दीपले २ ओभरमा ९ रन खर्चेर २ महत्वपूर्ण विकेट लिएपनि टोलीको हार टार्न सकेनन् । शपुर जद्रान र अहमद राजाले १-१ विकेट लिए ।
सन्दीपले चौथो ओभरको पहिलो बलमा आन्द्रे फ्लेचरलाई डट राखे । दोस्रो बलमा सन्दीपले विकेटकीपर शफिकउल्लाह शफिकबाट स्टम्पिङ आउट गराउँदै टोलीलाई महत्वपूर्ण सफलता दिलाएका थिए । तेस्रो बलमा कोलिन इनग्रामलाई डट राख्दा चौथोमा १ रन दिए । पाँचौ बलमा रिले रोसौवले चौका र अन्तिम बलमा १ रन दिए ।
सन्दीपले छैटौं ओभरमा ४ रन खर्चेर १ विकेट लिए । छैटौं ओभरको पहिलो बलमा थिसेरा परेरा र दोस्रो बलमा इनग्रामलाई १-१ रन दिए । तेस्रो बल कप्तान परेरालाई डट र चौथोमा १ रन दिए । पाँचौ बलमा १ रन लिने क्रममा कप्तान हसिम अमलाले डाइरेक्ट थ्रोमा इनग्रामलाई रन आउट गराए । अन्तिम बलमा सन्दीपले परेरालाई लङ अनमा हसिमबाट क्याच गराउँदै टोलीलाई खेलमा फर्काएका थिए ।
त्यअघि आबुधाबीमा टस हारेर ब्याटिङ थालेको कर्नाटकले १० ओभरमा १ विकेटको क्षतिमा १ सय १४ रन बनायो । ओपनर जोनसन चाल्र्सले २९ बलमा समान ४ चौका र छक्का सहित ५७ रनको योगदान दिए । त्यस्तै कप्तान हसिम अमला २९ बलमा ६ चौका सहित ४७ रनमा अविजित रहे । पहिलो विकेटका लागि अमला र चाल्र्सले ८।२ ओभरमा ९७ रनको साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याएका थिए ।
रोश वेश्टेटली २ रनमा अविजित रहे । पहिलो खेलमा दिल्ली बुल्सविरुद्ध २ ओभरमा १९ रन खर्चेर १ विकेट लिएका थिए । तेस्रो खेलमा कर्नाटकले सोमबार डेक्कन डेक्कन ग्लैडिएटर्ससँग खेल्ने छ ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]