6 years ago
November 18, 2019
ढाका (हाम्रो खेलकुद) – एसीसी इमर्जिङ टिम्स कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ । बंगलादेशका कप्तान नज्मुल सान्तोले टस जितेर पहिलो फिल्डीङ रोजेका छन् । नेपालले प्रतियोगिताको तीनै खेलमा टस हारेको हो ।

नेपालले बंगलादेशविरुद्ध टोलीमा दुई परिवर्तन गरेको छ । अघिल्लो खेल विश्राम लिएका सोमपाल कामी टोलीमा फर्केका छन् भने अभिनाष बोहोरा बेन्चमा फर्किएका छन् । बोहोराले हङकङविरुद्ध ३ विकेट लिएका थिए । त्यस्तै हङकङसँग विकेट विहीन बनेका स्पिनर ललित नारायण राजवंशी आज टोलीमा छैनन् । उनको स्थानमा नेपालले ब्याटिङ बलियो पार्न सन्दीप जोरालाई मौका दिएको छ ।
भारतसँग ७ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा हङकङलाई ४० रनले हराएको थियो । नेपाल आजको खेलमा अनुकुल नतिजा निकाले अन्तिम चारमा प्रवेश गर्नेछ । भारत र नेपालबीच रनरेटको अन्तरले निर्णायक भूमिका खेल्ने प्रबल सम्भावना छ । नेपालले बंगलादेशसँग हार बेहोरेर हङकङले अप्रत्याशित नतिजा निकाल्दा पनि नेपाल अगाडि बढ्ने सम्भावना रहन्छ । नेपालले जित हासिल गरेको अवस्थामा भारतले पनि जित हात पारे तीन देशको रनरेट हिसाब हुनेछ ।

बंगलादेश सेमिफाइनल नजिक छ । पहिलो खेलमा हङकङलाई ९ विकेटले हराएको बंगलादेशले दोस्रो खेलमा भारतलाई ६ विकेटले पराजित गरेको थियो । यद्यपि बंगलादेशको सेमिफाइनलमा स्थान पक्का भने भइसकेको छैन ।
नेपालको प्लेइङ ११:
ज्ञानेन्द्र मल्ल(कप्तान), कुशल भुर्तेल, शरद भेषावकर, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी र सुसन भारी
बंगलादेशको प्लेइङ ११ :
मोहम्मद नइम शेख, नज्मुल सान्तो(कप्तान), सौम्य सरकार, मोहम्मद जाहिर हसन, याशिर अली चौधरी, महिदुल इस्लाम बुलयान, अबीदिन अफ्रिदी, तनविर इस्लाम, सुमन खान, मोहम्मद मेहदी हसन र महदी हसन
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]