6 years ago
November 18, 2019
ढाका (हाम्रो खेलकुद) – नेपालले एसीसी इमर्जिङ एसिया कप क्रिकेटमा घरेलु टोली बंगलादेशविरुद्ध खराब सुरुवात गरेको छ ।

टस हारेर ब्याटिङ थालेको नेपालले सुरुवाती १२ ओभरमा ३ विकेट गुमाउँदै ४० रन जोडेको छ । ओपनर कुशल भुर्तेल २२ बलमा १ चौका सहित १० रनमा क्याच आउट भए । भुर्तेललाई सातौ ओभरको पाँचौ बलमा सुमन खानले सर्ट मिड अनमा क्याच आउट गराएका हुन् ।
कप्तान ज्ञानेन्द्र मल्ल २७ बलमा ४ चौका सहित २२ रनमा आउट भए । ज्ञानेन्द्र सुमनकै नवौं ओभरको अन्तिम बलमा स्क्वायर लेग बाउन्ड्रीमा महदी हसनबाट क्याच आउट हुन पुगे ।

ज्ञानेन्द्र र कुशलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गदै राम्रो सुरुवात दिएपनि २ रन जोड्दा ३ विकेट गुमाएपछि नेपाल दबाबमा परेको हो । दशौं ओभरको दोस्रो बलमा तनवीर इस्लामले शरद भेषवकरलाई कट विहान्ड गर्दै १ रनमा पेभिलिएन फर्काएपछि नेपाल दबाबमा परेको छ ।
क्रिजमा उप कप्तान दीपेन्द्र सिंह एरी ४ र उनलाई आरिफ शेखले २ रनमा साथ दिएका छन् ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]